वर्थिङ सेन्टरमा ब्लड बैंक नहुँदा सुत्केरी मृत्युदर बढ्यो

वर्थिङ सेन्टरमा ब्लड बैंक नहुँदा सुत्केरी मृत्युदर बढ्यो
फाइल तस्बिर।
सुन्नुहोस्

सिन्धुपाल्चोक : अत्यधिक रक्तस्राव हुँदा चालु आर्थिक वर्षको नौं महिनाभित्रमा सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका दुई जना सुत्केरी महिलाको ज्यान गएको छ। 

जिल्लाका वर्थिङ सेन्टरमा ब्लड बैंक र पर्याप्त उपकरण नहुँदा सुत्केरीको मृत्युदर बढ्न थालेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईंले बताइन्। ‘हाम्रा वर्थिङ सेन्टरहरूमा ब्लड बैंक र पर्याप्त उपकरण छैनन्’, बजगाईंले भनिन्– ‘जसको कारण सुत्केरीहरूको मृत्युदरमा वृद्धि भएको छ। जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नै यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा दुई जनाको मृत्यु हुनुले सुत्केरी मृत्युदर घटाउन थप चुनौती सिर्जना भएको छ।’ उनले ब्लड बैंक स्थापनाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्। 

वर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकाहरूले रगत अभाव भएको बखत रगत पूर्ति गर्न समस्या भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। हाल सिन्धुपाल्चोकमा ५५ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन्।  स्थानीय महिला चौतारा अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ७५ स्वास्थ्य चौकीमा समेत सुत्केरी गराउन पुग्ने गरेका छन्। 

रगत अभावकै कारण वर्थिङ सेन्टर र स्वास्थ्य केन्द्रबाट सुत्केरीहरूलाई रेफर गर्नुपर्ने बाध्यता रहेको बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्र बाह्रविसेका डा. जेनिथ रौनियारले बताए। ‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘ब्लड बैंक’ नहुँदा बिरामी र उनीहरूका आफ्नतले सास्ती भोग्नुपरेको छ।’ विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ। अहिले जिल्लाको अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गरेका छन्। यस्ता समस्या भए तापनि अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष वर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्यामा भने वृद्धि भएको तथ्यांकले देखाएको छ। वर्थिङ सेन्टरमा ४२ प्रतिशत महिला सुत्केरी हुन पुगेका जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तथ्यांक छ।

गत आर्थिक वर्ष २०७९/०८० भित्र ९ जना नवजात शिशुको ज्यान गएको थियो। चालु आर्थिक वर्षमा भने नवजात शिशु मृत्युको कुनै पनि घटना भएको छैन। बागमती प्रदेशले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रमअन्तर्गत बजेट छुट्याइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.