पर्यटक बढे रक गार्डेनमा

पर्यटक बढे रक गार्डेनमा
फाइल तस्बिर।
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क– ११ डिभर्नामा रहेको रक गार्डेन पछिल्लो समय पर्यटकीयस्थलको रूपमा विकास हुँदैछ। प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेनजस्तै बनेर बसेको छ। एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनावट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन्। चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैंचामा जाने मानिसहरू आनन्दित हुने गरेको जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले बताए।

कलात्मक रूपमा मानिसले आफैं सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन्। सयौं रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

रक गार्डेनमा स्थानीय तथा आन्तरिक पर्यटकहरू आउन थालेका छन्। ती पर्यटकहरूलाई सहजताका लागि शौचालय, ट्रस्ट तथा मन्दिर पनि निर्माण गरिएको छ। प्राकृतिक रूपमा बनेको ढुंगाको बगैंचाको प्रचारप्रसार र विकासमा ध्यान दिन सकेमा सन्धिखर्क नगरपालिकाको महŒवपूर्ण पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका–११ का वडाध्यक्ष चेतनारायण आचार्यले बताए। अहिले पनि जिल्लाभित्रका मानिसहरू दैनिक रूपमा घुम्न आउने गरेका छन्।

डिभर्नामा रहेको यो रक गार्डेन साँच्चिकै नेपालकै नमुना रहेको छ। लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकहरूलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र डिभर्नाको यस रक गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्ने सन्धिखर्कका व्यवसायी डिलाराम भुसालले बताए। उनले स्थानीयको जीवनस्तर पनि उकासिने सुनाए। रक गार्डेनमा पर्यटकहरू भिœयाउन र वृद्धि गर्न योजनाका साथ काम गरिरहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। s


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.