वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ले टी-२० श्रृंखलाको चौथो खेलमा नेपाललाई २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको  वेष्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो। 

वेष्ट इण्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन, जोनसन चार्ल्सले ५८ रन,फाबिएन एलेनले ३३ रन, अथान्जे जिसीले ५ रन र केसी कार्टी ४ रनको योगदान गरे।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट र प्रतिश जिसीले एक विकेट लिए। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ। सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। 

यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो।

नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ। आगामी जुन २ बाट सुरु हुने आईसीसी टी-२० विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग शृंखला खेलेको हो। 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.