१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी

१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो।

सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन्। सरकारले यस वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ। २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ १६७ पर्यटक नेपाल आएका थिए। 

जुन २०२३ को अप्रिलको भन्दा १२.७६ प्रतिशतले बढि हो भने कोभिड अघिको समयमा भन्दा १.८१ प्रतिशतले पर्यटक बढेको विभागको तथ्यांकमा छ। सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए। सन् २०२० मा कोभिड र लकडाउनका कारण समिक्षा महिनामा १४ जना मात्र आएका थिए। त्यस्तै, २०२१ को अप्रिलमा २२ हजार ७३२, २०२२ मा ६१ हजार ५८९ र २०२३ मा ९८ हजार ७७३ पर्यटक आएका थिए।

अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट नै पर्यटक भित्रिएका छन्। नेपालको पर्यटनमा एक तिहाइ भन्दा बढी हिस्सा भारतीय पर्यटकको हुने गरेको छ। अप्रिल महिनामा पनि भारतबाट ३० हजार १५८ पर्यटक आएका छन्। दोस्रोमा अमेरिकाबाट ९ हजार ९४७ र चिनबाट ९ हजार ७५० पर्यटक नेपाल आएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.