सहकारी समस्या समाधान गर्न पूर्व न्यायाधीश गौतमको अध्यक्षमा बन्यो समिति

सहकारी समस्या समाधान गर्न पूर्व न्यायाधीश गौतमको अध्यक्षमा बन्यो समिति
सुन्नुहोस्

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरेको छ। समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

त्यस्तै बैठकले देशभरि लागेको डढेलो नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने र शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगको बारेमा निर्णय गर्ने उनले बताइन्।

त्यस्तै सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। बैठकले वैशाख २३ गतेबाट हुने जापानका परराष्ट्रमन्त्री योको कामिकावाको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको प्रवक्तासमेत रहेकी शर्माले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.