सहकारीको रकम हिनामिना गर्नेहरूविरुद्ध छानबिन गर्न राप्रपाको माग

सहकारीको रकम हिनामिना गर्नेहरूविरुद्ध छानबिन गर्न राप्रपाको माग
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीको रकम अपचलन गर्नेहरूविरुद्ध छानबिन गर्न माग गरेको छ। पार्टीको कार्यसम्पादन बैठकले सहकारीको रकम अपचलनसम्बन्धी घटनामा संलग्न रहेका व्यक्तिहरूमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेको हो।

बैठकले आफ्ना नेतृ गीता बस्नेतलाई पनि सहकारी अपचलनसम्बन्धी घटनामा सघाउन पुर्‍याउन निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेकी बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको विषय सार्वजनिक भएको थियो। 

त्यस्तै हालै सम्पन्न उपनिर्वाचनको मतपरिणाम अनपेक्षित रहेको बैठकमा समीक्षा भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। निर्वाचनको परिणाम पार्टीको पक्षमा नआउनुमा संगठन प्रमुख कारण रहेको बैठकको निष्कर्ष रहेको श्रेष्ठको भनाइ छ।

त्यस्तै बैठकले ४० बुँदे माग, पार्टीको नीति, विचार सिद्धान्त र जनजीविकाका विषयलाई आन्दोलनकै रुप दिइ आवश्यकताअनुसार कार्यक्रम तय गर्न र आ-आफ्नो क्षेत्रमा संगठन सुदृढीकरणको अभियान सन्चालन गर्न सबै प्रदेश र जिल्ला कार्यसमितिलाई निर्देश गरिएको प्रवक्ता श्रेष्ठले बताए। राप्रपाले जेठ १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक डाकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.