फोनपेका सेवाहरू प्रदर्शन

फोनपेका सेवाहरू प्रदर्शन

काठमाडौं : ‘फोन पे’ भारतले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ।

कार्यक्रमले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरू र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआवद्धता लागि यनआईपीयलको काउन्टरपार्टी पनि हो।

कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा विशेष सम्बोधन गरेका थिए। यसका साथै कार्यक्रममा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। 

उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा- ICT/MIS कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी)जस्ता प्यानल सदस्यहरू थिए।

उक्त प्यानल छलफलमा क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन मागहरूको विषयमा चर्चाहरू भएका थिए।  

सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत नेपालको पर्यटन क्षेत्रमा युपीआईको सकारात्मक प्रभावलाई सदुपयोग गर्दै कसरी समग्र पर्यटकहरूको अनुभवलाई बृद्धि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यहरूद्वारा छलफल भएको थियो।

क्रस बोर्डर भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यहरूले सुविधा, अन्तरआवद्धता, सुरक्षा र लागत-प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा युपीआईको प्रभाव बारे छलफल गरे।

कार्यक्रमको निरन्तरताका रुपमा फोनपेका कार्यकारी अधिकृत रितेश पाईद्वारा सेवा प्रदर्शनी भएको थियो। जसमा फोनपेको समग्र यात्रा समाबेश गरिएको थियो। उनको प्रस्तुति युपीआईद्वारा सञ्चालित फोनपेले कसरी भारत भरि भुक्तानीलाई सबै वर्ग माझ एक समान अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिँदै आएको छ भन्ने बारेमा पनि थियो।

फोनपेका प्रमुख कार्यकारी अधिकृत रितेश पाइले नेपालमा युपीआई प्लेटफर्मद्वारा सञ्चालित सेवाहरू सञ्चालन गर्न पाउँदा हर्षित  भएको बताउँदै यो समारोहले  फोनपे लगायत नेपालको वित्तीय क्षेत्र का प्रमुख सेवा प्रदायकहरू, प्रमुख व्यावसायिक व्यक्तित्वहरू र पर्यटनका प्रतिनिधिहरूलाई एकसाथ ल्याएको बताए।

‘नेपालमा युपीआई को सफलताको लागि यो एकताबद्ध भावनाको पनि प्रमाण हो जसप्रति हामी निकै आभारी छौं। भारतीय यात्रुहरूको लागि नेपाल एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। युपीआईको साथमा अब भारतीय नागरिकहरूले आफ्नो देशमा झैँ नेपालमा पनि नगदरहित भुक्तानीको अनुभव लिन सक्नु हुनेछ। यसले उहाँहरूको यात्राको अनुभवलाई बढाउनुको साथसाथै डिजिटल लेनदेनलाई पनि प्रोत्साहन दिन्छ’, उनले भने।

कार्यक्रममा यनपीसीआईका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारतीय उपभोक्ताहरूले आफुलाई उपयुक्त लाग्ने युपीआई-सक्षम एपहरू प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न मिल्ने भएको बताए।

‘हामीले नेपालमा क्युआर-कोड-आधारित व्यक्ति-देखि-व्यापारी (P2M) युपीआई (UPI) लेनदेन सुरु गर्न फोनपेसँग साझेदारी गरेका छौं। क्युआर भुक्तानीको सन्दर्भमा बजारमा फोनपेको बृहद बजार हिस्सा भएकोले आज देशभर क्युआर बाट भुक्तानी लिने गरेको पाइनछ र यसको लाभ भारतीय उपभोक्ताहरूले उठाउन सक्नु हुन्छ। भारतीय उपभोक्ताहरूले आफुलाई उपयुक्त लाग्ने युपीआई -सक्षम एपहरू प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न मिल्ने भएको छ। हामी हाम्रा साझेदारहरूले, इकोसिस्टम भित्र रहेर वित्तीय चेतना जगाउन, युपीआई को प्रयोग बढाउन, दुई राष्ट्रहरू बीच वाणिज्य र पर्यटन वृद्धि गर्न हातेमालो गरिरहेको देख्न पाउँदा निकै खुसी छौं’, उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै फोनपेका कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालमा क्रस बोडर भुक्तानी ल्याउने  ४ वर्षको यात्रा  सफल भएको बताउँदै  युपीआई भुक्तानी नेपालमा लाइभ भएको जानकारी दिए। ‘यो फोनपेको लागि अत्यन्तै गौरव र खुसिको क्षण हो। नेपालमा क्रस बोडर भुक्तानी ल्याउने हाम्रो ४ वर्षको यात्रा अन्ततः सफल भएको छ र युपीआई भुक्तानी नेपालमा लाइभ भएको छ। हामीले NPCI इन्टरनेशनलसँगको साझेदारीमा युपीआई भुक्तानीहरूलाई परिचय गराउँदा र फोनपेलाई नेपालमा स्वागत गर्दै गर्दा, आउने दिनहरूमा यस कदमले सहज डिजिटल कारोबार, आर्थिक वृद्धि, वित्तीय समावेशीकरण र व्यापार व्यवसायहरूलाई थप फाइदा पुर्याउने छ भन्ने कुरामा बिस्वस्त छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.