गुल्मीमा माटाको ढिस्कोले पुरिएर महिलाको मृत्यु , एक जना घाइते

गुल्मीमा माटाको ढिस्कोले पुरिएर महिलाको मृत्यु , एक जना घाइते
सुन्नुहोस्

गुल्मी  : गुल्मीमा माटाको ढिस्कोले पुरिएर एकजना महिलाको ज्यान गएको छ भने एकजना घाइते भएकी छन्। जिल्लाको जिल्लाको रेसुंगा नगरपालिका -१४, पराल्मी चौराहाकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको हो।

त्यस्तै ढिस्कोले लागेर सोही स्थानकी ५४ वर्षीया हुमकला राना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

शनिबार दिउँसो १:३० बजेको समयमा घर लिप्ने माटो लिन एकै गाउँका ६ जना गएका थिए। माटो खनिरहेका बेला अचानक ढिस्को खसेर घाइते भएकी विष्णुको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतककी जेठानी हुमकला घाइते भएको र बोल्न नसक्ने अवस्थामा रहेकी छन्। उनको उपचार गुल्मी अस्पतालमा भइरहेको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी निरीक्षक किरण सापकोटाको कामना प्रहरीको टोली पुगेको थियो।  घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.