तास खेलिरहेका ७ जना पक्राउ

तास खेलिरहेका ७ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेको प्रतिभा टोलबाट तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रेमबहादुर चौहानको २ तले पक्की घरको दोस्रो तलामा तास खेलिरहेकाहरु शनिबार साँझ पक्राउ परेका हुन्। पक्राउ पर्नेमा घरधनी ५९ वर्षीय प्रेमबहादुर चौहान, सुन्दरहरैँचा–१० का ४९ वर्षीय कुमार पुरी, ३६ वर्षीय हेमबहादुर थापा, ४८ वर्षीय ध्रुव अधिकारी, ५० वर्षीय यामकुमार प्रधान, सुन्दरहरैँचा–१२ का ३८ वर्षीय डम्बरराज बस्नेत र केराबारी गाउँपालिका–६ का ४३ वर्षीय रोविनकुमार घिमिरे रहेका छन्। 

तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक) शुभेन्द्रकुमार कर्ण नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको सम्बन्धमा बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार तासको खालबाट ६८ हजार १ सय १५ रूपैयाँ नगद र चार बुङ (२ सय ८ पत्ती) ताससमेत बरामद भएको छ। पक्राउ परेकाविरुद्ध कानुनी कारबाही अघि बढाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया सुरु गरिएको जानकारी बस्नेतले दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.