जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला

जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला
सुन्नुहोस्

विराटनगर :  सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडीहरूलाई पुनर्मिलन गराउँदै ओलम्पियन्स रियुनियन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियनन्स एसोसिएसनको संयोजनमा खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर आयोजित चार दिने कार्यक्रम सम्पन्न भएको हो।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र इलाम गरी चार जिल्लामा ओलम्पियन्स र प्रदेशका सेलिब्रेटी खेलाडीलाई वशेष स्वागत्–सम्मान गरेर ओलम्पियन्स पुनर्मिलन कार्यक्रम सम्पन्न भएको हो। सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा), मोरङको विराटचोकमा सम्मानस्वरूप रात्रीकालीन भोज कार्यक्रम, झापाको बिर्तामोड र इलामको सूर्योदयमा सम्मान कार्यक्रम गर्दै पुनर्मिलन कार्यक्रमको समापन भयो।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराइँदा नयाँ खेलाडी तथा खेलप्रेमीलाई हौसला मिलेको फुटबलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, फुटबल खेलाडी राजुकाजी शाक्य बताउँछन्।

यस्ता कार्यक्रमले पुराना खेलाडीहरूप्रतिको सम्मान अझ उँचो हुने मात्र नभएर खेलकुदतिर आकर्षण पनि बढ्ने बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठको भनाइ छ। वैशाख १९ देखि २२ गतेसम्म चार दिन भएको उक्त भ्रमणमा नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गरेका ६० खेलाडी, विदेशका ओलम्पिक खेलाडी, कोशी प्रदेशभित्रका करिब २५ जना ‘सेलिब्रेटी प्लेयर’ र खेल पदाधिकारीहरूको सहभागिता रहेको थियो।

उनीहरूलाई भित्राउँदा प्रदेशभरिका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर प्राप्त भएको आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतले बताए। देशका विविध कुनामा छरिएर रहेका ओलम्पियन्सलाई एकै ठाउँमा समेटेर खेलकुद–पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैपटक धेरैमात्रामा खेलाडीलाई प्रदेशमा ल्याइएको थियो।

खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने खेलाडीलाई प्रदेशमा स्वागत–सम्मान गरी नवखेलाडी तथा खेलकुदकर्मीलाई हौसला बढाउन पाउँदा गर्व महसुस गरेको खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले बताइन्। 
खेलबाहेक अरू क्षेत्रका चर्चित अनुहारलाई सेलिब्रेटी भन्ने परिपार्टीबाट थोरै बाहिर निस्किएर प्रदेशभित्रका २५ खेलाडीलाई सेलिब्रेटी घोषित गरी उनीहरूलाई सम्मान गरिएको थियो।

ओलम्पियन्सको पुनर्मिलन कार्यक्रमको यो तेस्रो संस्करण हो। यसअघि पोखरामा प्रथम र काठमाडौंमा दोस्रो संस्करणको कार्यक्रम भइसकेको छ। ३५ लाखको लागतमा तेस्रो संस्करण कोशी प्रदेशले आयोजना गर्दा सेलिब्रेटी खेलाडीसँगै पर्यटन प्रवर्द्धनको विषय पनि समेटिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.