बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार
तस्बिर : बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाको फेसबुकबाट
सुन्नुहोस्

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको छ। बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिए।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट मंगलबार दिउँसो हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।

रामेछापको कार्यक्रममा सहभागी भएर सिन्धुलीको सुनकोसी गाउँपालिका पुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको थियो। प्रेसर र सुगरको लेवल घटेपछि सुनकोसी गाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई काठमाडौं ल्याइएको हो।

मुख्यमन्त्री जम्कट्टेल बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन आज सुनकोसी बस्ने कार्यक्रम तय भएको थियो ।

उनी आजै काठमाडौंबाट रामेछाप पुगेर सिन्धुली पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.