दुर्घटनामा दुई युवकको मृत्यु

दुर्घटनामा दुई युवकको मृत्यु
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको देवीघाट–गल्छी–काठमाडौं सडकखण्डमा दुर्घटना भएको छ। मृत्यु हुनेमा २७ वर्षीय रुबिन रावल र २६ वर्षीय स्वीकार राणाको मृत्यु भएको छ। 

घाइते भएका उनीहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा काठमाडौं घर भएका २७ वर्षीय ऋतिक तिवारी र २५ वर्षीय उपकार थापा गम्भीर घाइते भएका छन्।   

बा३क ३७२२ नम्बरको स्कुल बस घुमाउने क्रममा सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४प३६९२ र बागमती प्रदेश ०२–०४६प१५२९ नम्बरको मोटरसाइकल सोही बससँग एकआपसमा ठोकिएका थिए। 

प्रहरीले स्कुल बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।  मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको र दुई जना घाइते भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। मृतक तथा घाइते युवकहरू काठमाडौंबाट कक्षा १२ को परीक्षा सकेर नुवाकोटमा घुम्न आएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.