बिर्तामोडमा घरभित्रै वृद्धा मृत फेला,अनुसन्धानका लागि कुकुरसहितको टोली मगाइयो

बिर्तामोडमा घरभित्रै वृद्धा मृत फेला,अनुसन्धानका लागि कुकुरसहितको टोली मगाइयो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको बिर्तामोडमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । घटना शङ्कास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । 

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् । एसपी केसी आफै घटनास्थल पुगेका छन् । ‘प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ,’एसपी केसीले भने, ‘घटना शङ्कास्पद देखिएको हो,अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’ 

कुकुर आएपछि घटना बारेमा पत्ता लाग्ने उनको भनाइ छ । स्थानीयका अनुसार मंगलबार राति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई मारेको हो कि भन्ने आशंका स्थानीयको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.