लक्ष्मी सनराई बैंकको उपत्यकाभित्र दुईवटा शाखा स्थानान्तरण

लक्ष्मी सनराई बैंकको उपत्यकाभित्र दुईवटा शाखा स्थानान्तरण
सुन्नुहोस्

काठमाडौं : लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्ना दुईवटा शाखाहरू स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको -१७, खुसिबुमा रहेका दुई शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका -१६ को खरिबोट, वनस्थलीमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिका- २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्कनजिकै ल्होत्से मलमा स्थानान्तरण भएको सो बैंकले जनाएको छ। स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ।

हाल लक्ष्मी सनराईज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.