रारामा कबड्डी प्रतियोगिता

रारामा कबड्डी प्रतियोगिता
बुधबार रारामा सुरू भएको कबड्डी। तस्बिर : जीवन सेजुवाल
सुन्नुहोस्

मुगु : राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रारामा कबड्डी प्रतियोगिता सुरु भएको छ। कर्णाली  प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको हुम्लाबाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरूको सहभागितामा बुधबारदेखि कबड्डी प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा १६० खेलाडीले भाग लिएका छन्। राराको पर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्नका लागि रारामा उक्त प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए। आगामी मंसिर २ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ।  

मुगुमा कुनै पनि खेलकुद कार्यक्रम गर्ने मैदान छैन। खेल मैदान अभावका कारण प्रतियोगिता सञ्चालन गर्न ठूलो समस्या भइरहेका बेला कबड्डी प्रतियोगिताले राराको संरक्षण र प्रवर्द्धनमा ठूलो सहयोग मिल्ने कर्णाली प्रदेश सभा सदस्य जीतबहादुर मल्लले बताए।

'राराजस्तो ठाउँमा प्रतियोगितामा हुनु गर्वको कुरा हो। रारा पुग्न सडकमार्फत आउँदा साह्रै गाह्रो भएको खेलाडीहरूले बताउनुभएको छ। थकानले हैरान भएका खेलाडीहरू रारा पुग्दा सबै दुःख बिर्सेको बताउनुभएको छ। सरकारले अन्य खेलकुद पनि सञ्चालन गर्न सके राराको पर्यटन विकासमा सहयोग पुग्थ्यो,' मल्लले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.