अभिलाषाको खेल यात्रामा सदस्यसचिव चासो

अभिलाषाको खेल यात्रामा सदस्यसचिव चासो

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली नम्बर एक टेनिस खेलाडी अभिलाषा विष्टसँग मंगलबार भेट गरी उनको खेल यात्राबारे जानकारी लिएका छन्।

सदस्यसचिव घिसिङले अभिलाषा विष्टको खेल करियरको सुरुवात, भावी योजना, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र अनुभव, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदाको समस्या, गर्न सक्ने सहयोग, प्रशिक्षणका विषयमा जानकारी लिएका थिए।

अभिलाषा डब्लूटीएफमा १३७० वरीयता तथा आईटीएफ महिलातर्फ ९६ वरीयता प्राप्त खेलाडी हुन्। सात वर्षको कलिलो उमेरदेखि टेनिसमा करियर सुरु गरेकी अभिलाषा बुरुन्डीमा २०७९ सालमा भएको डब्लूटीए २५–के टेनिस प्रतियोगिताको ३२ खेलाडी हुने ‘मेन ड्र’ मा प्रवेश गरेकी थिइन्। 

नेपाली टेनिसको इतिहासमा डब्लूटीए २५–के टेनिसमा कुनै पनि नेपाली खेलाडी ‘मेन ड्र’ मा प्रवेश गरेको त्यो नै पहिलोपटक हो। ३२ को ‘मेन ड्र’ मा २० खेलाडी सोझै तथा चार खेलाडी वाइल्ड कार्डमार्फत छनोट भएका थिए। बाँकी आठ खेलाडी ३२ खेलाडी सहभागी क्वालिफाइङ राउन्डमा जित हात पार्दै ‘मेन ड्र’ मा प्रवेश गरेका थिए। तिनै आठ खेलाडीमध्ये अभिलाषा पनि हुन्। उनले अभिलाषाको अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामा राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.