पारदर्शीता र सुशासन एक अर्काका पुरक : राष्ट्रपति

पारदर्शीता र सुशासन एक अर्काका पुरक : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले खर्च र हिसाबको पारदर्शीता भए देशमाथिको विश्वसनियता बढ्दै जाने बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै देशले सहयोग गर्दा देशको खर्च र हिसावको पारदर्शीता हेर्ने भएकाले यसमा पारदर्शीता भए देशमाथिको विश्वसनियता बढ्दै जाने बताएका हुन्।

उनले ठूला आयोजनामा हुनसक्ने फर्जि बिल र अनियमितता लेखापरिक्षणबाटै हुने भएकाले यस क्षेत्रको धेरै महत्व रहेको धारणा राखे । पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको भएको भन्दै उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे । मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा लिन सकेको उनले बताए । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको धारणा राखे।

त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले नयाँ पुस्ताका लेखा परिक्षकहरूले राष्ट्रको आर्थिक विकासमा लेखाको महत्वकाबारे देखाएको चासो महत्वपूर्ण रहेको बताए । उनले आर्थिक ज्ञानको बारेमा जानकारी गराउन सके मुलुकको आय व्ययको अवस्था जनताले थाहा पाउन सक्ने धारणा राखे। मन्त्री साहले नेपालका लेखा परिक्षकहरूलाई पलाउन हुनुपर्ने अवस्थाबाट रोक्न आवश्यक भूमिका खेल्ने उल्लेख गरे।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसारका लगानीकर्तालाई आमन्त्रण गर्न गरिएको लगानी सम्मेलनले आशा पलाएको बताए। मुलुकमा आर्थिक सुशासन कायम गर्न चार्टर्ड एकाउण्टेन्ट्स संघको भूमिका अपरिहार्य रहेको उनले बताए।

आर्थिक संकटको समाधानका विषयमा बहस गर्न संघले राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.