मोरङबाट २ सय १८ किलो गाँजा बरामद, एकजना भरिया पक्राउ

मोरङबाट २ सय १८ किलो गाँजा बरामद, एकजना भरिया पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङबाट प्रहरीले बिहीबार बिहान ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट २ सय १८ किलोग्राम गाँजा बरामद भएको हो । गाँजासहित एकजना पक्राउ परेका छन् । 

जहदा गाउँपालिका–३ का ३४ वर्षीय भगवान किस्कु पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मकैबारीभित्र लुकाइछिपाइ राखेको अवस्थामा २ सय १८ किलो गाँजा बरामद भएको हो।

मकैबारीभित्र बनाइएको टहरामा गाँजा लैजाँदै गरेको अवस्थामा किस्कुलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । मकैबारीभित्र लुकाएर राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर किशोर तामाङ र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहान १ :३० बजेतिर गाँजा बरामद गरेर किस्कुलाई पक्राउ गरेको हो । 

बरामद भएको गाँजासहित पक्राउ परेका किस्कुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर थप अनुसन्धान अघि बढाइएको छ । किस्कुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा भारततर्फ कटाउने तयारी गरिएको प्रहरीको भनाइ छ । 

प्रहरीले बरामद गर्दा प्लाष्टिकको बोराभित्र भुस हालेर त्यहाँभित्र गाँजा राखिएको थियो । ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ । पहाडी जिल्लामा उत्पादन भएको गाँजा अवैध हिसाबले भण्डारण गरेर भारततर्फ लैजान खोजिएको हो,’प्रहरी स्रोतले भन्यो,‘तत्काल बरामद गर्न सकिएका कारण भारत भने पुर्‍याउन पाएनन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ 

स्रोतका अनुसार पक्राउ परेका किस्कु गाँजाको अवैध धन्दा चलाउने गिरोहका भरिया मात्रै हुन् । गाँजाका वास्तविक कारोबारीको भने पहिचान खुल्न बाँकी छ । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण र किस्कुले दिएको जानकारीका आधारमा गाँजाको अवैध धन्दामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.