समाज कल्याण परिषद्को उपाध्यक्षमा नन्दलाल माझी नियुक्त
काठमाडौं : सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा माझीलाई मनोनयन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
त्यस्तै भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय भएको छ भने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय भएको शर्माले बताइन्।