फरार युवक २० वर्षपछि पक्राउ

फरार युवक २० वर्षपछि पक्राउ
सुन्नुहोस्

नुवाकोट : कर्तव्य ज्यान मुद्दामा फरार रहेका नुवाकोटको शिखरवेशीका एक युवक २० वर्षपछि पक्राउ परेका छन्। हत्याको घटना पश्चात फरार रहेका प्रतिवादीलाई नुवाकोट प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा २० वर्षपछि पक्राउ गरेको हो। 

गत २०६१ साल कात्तिक २९ गते राती सांढे आठ बजेको समयमा साविक शिखरबेशी गाबिस ८ हाल दुप्चेश्वर गाउंपालिका ७ का २७ वर्षीय पेम्वा तामाङको हत्या गरेको मुद्धाका आरोपी तत्कालीन शिखरबेशी गाबिस ९ हाल दुप्चेश्वर गापा ७ शिखरबेशी वाईवाटोल बस्ने ५३ वर्षीय मिनबहादुर भन्ने मिमबहादुर तामाङलाई पक्राउ गरिएकको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

मिनबहादुरसमेतले पेम्वा तामाङलाई धारिलो हतियार खुकुरी, लाठ्ठी समेतले प्रहार गरी कर्तव्य गरी मारी फरार रहेकोमा लुकीछिपी बसि रहेको भन्ने जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा काठमाडाको कागेश्वरी मनोहरा नपा ८ गोठाटारबाट पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरिक्षक तीलक भारतीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.