संसद बैठक नसकिँदै बाहिरिए एमाले अध्यक्ष ओली
वैशाख २८, २०८१ शुक्रबार १६:१६:३१
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिएका हुन्।
सभामुखले कांग्रेस सांसद गगनकुमार थापालाई समय दिएलगत्तै अध्यक्ष ओली बैठकस्थलबाट बाहिरिएका थिए।