राहुघाटमा सबस्टेशन निर्माण सुरु

राहुघाटमा सबस्टेशन निर्माण सुरु
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सबस्टेशन निर्माणको काम सुरु भएको छ। ठेक्का सम्झौता भएको २७ महिनापछि सबस्टेशन निर्माण थालिएको हो। 

नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। 

जनप्रतिनिधि र सरोकारवालाहरुको दवाव तथा आयोजनाको ताकेतापछि ठेकेदार कम्पनीले सम्झौता भएको २७ महिनापछि राहुघाटमा सबस्टेशन निर्माणको काम थालेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिए। 

‘धेरै प्रयासपछि ठेकेदारले राहुघाट सब स्टेशन निर्माणको काम थालेका छन्,’ उनले भने ‘दैनिक १५० जना मजदुर परिचालन गरेका छन्।’ २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम थालिएको छ। 


सबस्टेशनका उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने काम भइरहेको छ। पानी व्यवस्थापन गर्न पक्की नाला निर्माणलाई तीव्रता दिइएको छ। अम्बाङमा सब स्टेशन बनाउन ५ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। सब स्टेशनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजना अन्यौलमा परेका थिए। 

ढिलै भए पनि सबस्टेशन निर्माण सुरु भएकामा जलविद्युत आयोजनाका प्रवर्द्धक आशावादी बनेका छन्। ३० महिना ठेक्का अवधि भएको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ५० प्रतिशत रहेको आयोजना प्रमुख अग्रवालले बताए। 

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आवद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेशन र प्रशारण लाइन बनाउन लागिएको हो। 

१३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेशनको सिभिल तर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। डाडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो। दुवै ठाउँका सबस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको ठेकेदार कम्पनी एलएनटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए। 

२५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म ३५ वटा निर्माण सकिएको र १५ वटा निर्माणाधीन रहेका उनले बताए। रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण हुनेछन्।  

भूमिगत पानी र पहिरोको समस्या रहेको राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले निर्माणमा ढिलाइ भएको शर्माको भनाइ छ। सहायक ठेकेदार डिएल स्ट्रक्चरले राहुघाट सबस्टेशन निर्माणको काम गर्न थालेको हो। डिएल नेपाली ठेकेदार कम्पनी हो। १५ महिनाभित्र आयोजना सम्पन्न गरिने शर्माले बताए।  

दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। 

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छन्। ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.