बेलायत-नेपाल मैत्री सन्धीको सय वर्ष मनाउन १० डाउनिङ स्ट्रिटमा कार्यक्रम

बेलायती प्रधानमन्त्री ऋषि सुनकको सम्बोधन

बेलायत-नेपाल मैत्री सन्धीको सय वर्ष मनाउन १० डाउनिङ स्ट्रिटमा कार्यक्रम
सुन्नुहोस्

लन्डन : बेलायती प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी कार्यालयमा नेपाली समुदायलाई सम्बोधन गरेका छन् । नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुनकले दुई देशबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहँदै आएको बताए ।

द्विपक्षीय सम्बन्धको प्रमुख कडीका रुपमा ब्रिटिस गोर्खाहरुको योगदानका चर्चा गर्दै उनले गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गरे ।

बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमण स्मरण गर्दै प्रधानमन्त्री सुनकले दुई देशबीचको मैत्री सम्बन्ध विशेष रहेको उल्लेख गरे । उनले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धीहरुबाट आफू प्रेरित भएको पनि बताए ।

बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने प्रधानमन्त्री सुनकले जनाए ।

त्यसअघि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गरे। उनले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । उनले बेलायतले नेपालको विकासमा पुर्‍याएको सहयोगको लागि धन्यवाद दिंदै आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध थप क्षेत्रहरुमा विस्तार तथा सुदृढ बन्ने विश्वास व्यक्त गरे।null

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्‍याउने बताइन् ।

कार्यक्रममा करिव एक सयको संख्यामा बेलायतस्थित विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपाली समुदायका प्रतिनिधि, भूतपूर्व गोर्खाहरु,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरु एवं नेपालका बेलायती मित्रहरुको उपस्थिति थियो।

व्यस्त तालिकाबीच नेपाली समुदायलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री सुनकलाई राजदूत ज्ञानचन्द आचार्य र समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेले माला र खादाले स्वागत गरेका थिए ।


नेपाल तथा बेलायतबीच मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भए अनुसार नेपाली समुदाय समेतको सहयोगमा यो समारोह सम्पन्न भएको लन्डन दूतावासले जनाएको छ ।

समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, युवा अभियन्ता प्रशान्त कुंवरदेखि नेपाली मूलका बेलायती काउन्सिलरहरु समेतले यो कार्यक्रमको लागि पहलका साथै व्यवस्थापनमा पनि सहयोग पुर्‍याएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.