प्यूठानको नौवहिनीमा भारी बर्षा, बाग्दुला–बाहाने सडक अवरुद्ध

प्यूठानको नौवहिनीमा भारी बर्षा, बाग्दुला–बाहाने सडक अवरुद्ध
सुन्नुहोस्

प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिका क्षेत्रमा मंगलबार भारी बर्षा भएको छ। बर्षाले ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको नौवहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

यस क्षेत्रकै धेरै व्यस्त हुने बाग्दुला–बाहाने सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको प्रमुख बजार बाग्दुलासहित जिल्ला अस्पताल विजुवार पुग्ने यो मुख्य सडक हो ।

गाउँपालिका-६ स्थित पिपलटारीमा केही घरहरु पहिरोले पुरेको पौडेलले जानकारी दिए । रातीसम्म परेको पानीका कारण क्षतिको यकिन तथ्यांक अझै आइनसकेको उनको भनाई छ ।‘अवरुद्ध सडक सूचारु गर्ने काम सुरु गरेका छौँ’,पौडेलले भने,‘क्षतिको विवरण संकलन हुँदैछ ।’

उनले जिल्लाका अन्य स्थानमा पानी नपरेको तर नौवहिनीमा मात्र ठूलो वर्षात भएको जानकारी दिए । पहिरोले नौवहिनी क्षेत्रको जनजीवन पूर्ण रुपमा अस्तव्यस्त बनेको बाहानेका स्थानीय महेश थापाले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.