विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा

विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पौडेलविरुद्ध पदको दुरूपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

अख्तियराले उनीविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैषाँ विगो माग गरेको छ। पौडेलको सम्पूर्ण आयव्यय हिसाब गर्दा २ करोड १ लाख ४३ हजार ८८८ रुपैयाँ देखिए पनि उनको नामम रहेको सम्पत्ति ५४ करोड २० लाख बढी देखिएको आयोगको अनुसन्धानबाट देखिएको छ।

'प्रतिवादी पौडेलले आफू राष्ट्रसेवक रहेको बखत पेस गरेको सम्पत्ति विवरणमा उल्लेखित विवरणहरू उल्लेख नगरी वास्तविक भए रहेको सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकाले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ,' अख्तियारले विज्ञप्तिमा भनेको छ।

यसैबीच मंगलबार विशेष अदालतले पौडेललाई सुरक्षण मुद्रण प्रकरणमा दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको थियो।सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छजनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.