सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ गरिँदै

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ गरिँदै
सुन्नुहोस्

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात्रै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ। नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्ने भएको हो। 

मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत मेला आगामी जेठ १७ गते देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुने जनाएको छ। मेला हरेक प्रदेशमा २ दिन चल्नेछ। नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्ने बताइएको छ। 

यसैक्रममा श्रममन्त्री डोलप्रसाद अर्याल प्रदेशस्तरीय मेला शुरुवात मात्रै भएका र आगामी दिनमा मेलालाई जिल्ला, स्थायिन र वडासम्म पनि पुराउन सकिने बताउँछन्। उनकाअनुसार मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको छ। 

'मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने बिषयमा जानकारी पाउन सक्नेछन्। त्यस्तैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउने सकिनेछन्,' उनले भने।  

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागीता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको बिषयमा छलफल गरिनेछ। सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघको पनि मेला स्टल राखिनेछ। 

मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरगं बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते सञ्चालन हुनेछ। मधेस प्रदेशको वीरगंजमा १९ र २० गते सञ्चालन हुनेछ। गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशमा बुटवलमा २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते गरिने कार्य तालिका छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.