अमेरिकामा ज्यान गुमाएका पुनको अन्त्येष्टिमा सघाउन अभियान

अमेरिकामा ज्यान गुमाएका पुनको अन्त्येष्टिमा सघाउन अभियान

काठमाडौं : क्यालिफोर्नियाको कोलुसामा सडक दुर्घटनामा निधन भएका २० वर्षीय निराजन पुनको अन्तिम संस्कारका लागि त्यहाँका नेपालीले सहयोग संकलन सुरु गरेका छन् ।

क्यालिफोर्नियाका विभिन्न स्थानमा रहेका नेपालीलाई पुनको अन्तिम संस्कारका लागि सहयोग गर्न उनका साथीभाइ र नेपालीको संस्थाले आह्वान गरेका हुन ।

पुन क्यालिफोर्नियाको डेभिसमा एक्लै बसोबास गर्थे । पुनका बुबा अन्तिम संस्कारमा सहभागी हुन अमेरिका जाने तयारी गरिरहेका छन्।

बाग्लुङ स्थायी घर भएका पुनले चलाइरहेको गाडीमा अर्को गाडीले ठक्कर दिँदा सोमबार उनको निधन भएको थियो।

काठमाडौंको गल्फुटारमा बस्दै आएका पुन दुई वर्षअघि अन्डर १९ फुटबल खेल्न अमेरिका पुगेका थिए । उनको अन्तिम संस्कारमा सहयोग गर्न ‘गो फन्ड मी’ नामक फन्डराइजिङ अनलाइनमार्फत् अभियान सुरु गरिएको छ । उनको शव अहिले कोलुसामै राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.