कोरियाली नयाँ राष्ट्रपति मूनको बुसानदेखि ब्लू हाउससम्मको यात्रा र उनको नेपाल साइनो

कोरियाली नयाँ राष्ट्रपति मूनको बुसानदेखि ब्लू हाउससम्मको यात्रा र उनको नेपाल साइनो

करिब ६५ वर्ष अघि सन् १९५३को जनवरी २४ उत्तर कोरियाको हामहुङको एक दम्पतिले पुत्र जन्माएको खुसियाली मनाए । ति दम्पति कोरियाली युद्धका कारण विस्थापित भएर दक्षिण कोरयाको बन्दरगाह शहर बुसानमा शरणार्थी जिवन बिताइरहेका थिए । ति दम्पति सँगै हजारौ उत्तर कोरियाली शरणार्थी बुसानमा बस्दै आएका थिए । शरणार्थीसँगै कष्टकर र गरिबीका वापजूद पनि छोरा जन्माएकोमा त्यो दम्पति निक्कै खुसि थियो । तिनै दम्पतिका छोरा हुन मून जे इन अर्थात दक्षिण कोरियाको उन्नाइसौ राष्ट्रपति ।

मून जन्मनु तीन वर्ष अघि सन् १९५० डिसेम्बरमा त्यो दम्पति एक छोरीका साथ उत्तर कोरिया छोडेर दक्षिण आएको थियो । उत्तरको हामहुङ गाउँ छोड्नु अघि तत्कालिन चिनियाँ सेनाले तीन दिन भित्र पुर्नस्थापना गर्ने आश्वासन दिएका थियो । तर चिनियाँ सेनाको आश्वासन त्यसैमा सिमित भयो त्यो दम्पतिसँग विस्थापित हजारौ उत्तर कोरियालीलाई उनको भुमि फर्कन दिइएनन् ।

शरणार्थी भएर बुसान बसेका मूनका बुबाले त्यहाँ रहेको एउटा कारागारमा काम गर्थे भने आमाले बजारमा अण्डा बेच्ने काम गर्दथे । यसरी मुनका बुबा आमाले दुःख गरेर मूनलाई हुर्काएका थिए । दुःख र कष्टकर जिवनमा हुर्केका मून सन् उन्नाइस सय बहत्तरमा बुसान स्थित एक स्कुलमा पढाई शुरु गरे । कानूनी विषय अध्ययन गरेका मूनले भने आफ्नो पढाई पुरा गर्न पाएनन् ।

तत्कालिन समयमा अहिलेका अपदस्थ राष्ट्रपति पार्क गुन्ह्येका बुवा पार्क चुङ हीको तानाशाहि शासन थियो । सो शासनको विरुद्ध मून आन्दोलनमा उत्रिए । आन्दोलनमा लागेको भन्दै तत्कालिन पार्क सरकारले मून सहित सयौ युवालाई जेलमा कोच्यो तर केहि समय पछि भने रिहा गर्यो ।
त्यसपछि मून सन् १९७६मा कोरियाली सेनामा भर्ती भएर सैन्य अपरेशनमा पनि संलग्न भए । तर मूनले सैन्य सेवा धेरै गर्न रुचाएनन् अनि तीन जना साथीसँगै बुसानमा ल फर्म खोले । सो फर्ममा मूनका तीन जना साथी मध्ये एक जना भुतपुर्व राष्ट्रपति रो मु ह्यून पनि थिए । मूनको ल फर्मले मानवअधिकार र नागरिक अधिकारबारेमा वकालत गर्ने गथ्र्यो ।

 

तर रो पनि राजनीतिमा प्रवेश गरे भने मूनले कानून व्यावसायललाई निरन्तर दिए । मूनका साथी रो सन् २००३ मा राष्ट्रपति भए । सो बेला मूनले रोको मुख्य सल्लाहकार भएर राष्ट्रपति भवन अर्थात ब्लु हाउसमा बसे । रो माथि भ्रष्टाचारको मुद्धा लागेको बेला भने उनि सल्लाहकार पद छोडेर नेपाल भ्रमण गए । भ्रष्टाचार काण्डमा तत्कालिन संसदले महाअभियोग लगाएर रोलाई निलम्बन गरेपछि रो ले आफ्नो अपमान भएको भन्दै आत्महत्या गरे ।

रोको आत्महत्याको खबर पाएपछि नेपालको हिमालय दृश्यवलोकन र टे«किङ रहेका मून भ्रमण समय छोट्याएर कोरिया फर्के । त्यसपछि उनी राजनीतिमा प्रवेश गरे अनि बुसानबाट सांसदमा निर्वाचित भए ।

इमान्दार साथी रोको आत्महत्याले मर्माहत भएका मून सन् दुइ हजार बाह्रमा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा अहिलेका अपदस्थ राष्ट्रपति पार्क गून्ह्येसँग प्रतिश्पर्धा गरे । यद्यपी मून थोरै मतान्तरले पराजित भए । तर एक पटक असफलताबाट भाग्न नचाहने भ्रष्टाचारमा दोषि ठहरिदै पार्क पदमुक्त भएपछिको निर्वाचनमा भने जित हासिल गरेरै छाडे ।

पार्क भ्रष्टाचार प्रकरणमा मुछिएपछि मूनको लोकप्रियता एकाएक बढ्यो भने सम्पन्न निर्वाचनमा अन्य दुइ निकतम प्रतिद्धन्द्धीलाई पाखा लगाउदै ४० प्रतिशत भन्दा बढि मत ल्याएर ब्लु हाउसमा प्रवेश गर्न सफल भए । मूनले १ करोड १४ लाख मत अर्थात ४० दशमलब २ प्रतिशत मत प्राप्त गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, उत्तर कोरियासँग बढ्दो तनाब मत्थर लगायत मुद्धा सल्टाउन आफ्नो भुमिका महत्वपुर्ण हुने बताएका निर्वाचित राष्ट्रपति मून उत्तर कोरियाप्रति उदार मानिन्छन् । मुनको उदयसँगै उत्तर कोरियासँग बढ्दो तनाब कम हुने अपेक्षा गरिएको छ । मुनले निर्वाचन पुर्व र सोहि क्रममा वार्ता मार्फत कोरियाली प्रायद्धिपमा शान्ति र स्थाइत्व कायम गर्न सकिने बताएका थिए ।

मुनको विजयले यहाँ कार्यरत विदेशीलाई पनि खुसि तुल्याएको छ । उनि कामदारप्रति उदार मानिने यहाँ सक्रिय प्रवासी मजदुर संघका अध्यक्ष उदय राईले बताएका छन् ।

मूनको नेपाल साइनो

नेपाल भ्रमण तथा भुकम्प पिडितलाई सहयोग गरेर नेपालीको मनमा बसेका मून चूनावी मैदानमा उत्रेसँगै उनको चर्चा बढेको थियो । उनको चुनावी प्रचार अभियानमा पनि नेपालीले साथ दिएका थिए । मून सन् दुइ हजार चारमा नेपालको हिमालयको दृश्यवलोकनका साथै टे«किङ गर्न गएका थिए । नेपाल भ्रमणपछि स्वदेश फिर्ता भएको बेला यहाँका सञ्चार माध्यमललाई दिएको अन्र्तवाताएमा उनले नेपालको सुन्दरता र रमणिय हिमश्रृखंलाको प्रशंसा गरेका थिए । त्यसपछि मून दुइ वर्ष अघि नेपालमा गएको महाभुकम्पपछि भुकम्पग्रस्त स्थलको अवलोकन गर्न नेपाल गएका थिए । पटक पटक नेपाल गएका तथा नेपाल प्रति निक्कै चासो लिने मून अहिले कोरिया जस्तो विकसित देशको राष्ट्रपति भएका छन् । उनको पाँच वर्षे कार्यकालमा नेपालले कोरियाबाट थुप्रै सहयोग र अनुदान लिन सक्छ ।

नेपाल सरकारको इच्छाशक्ति र चासो बढाए कोरियाले नेपालको पर्यटन, पुर्वाधार, विकास लगायत विविध क्षेत्रमा सहयोग र लगानी बढाउन सक्छ । कोरियाबाट फिलिपिन्स, भियतनाम, बंगलादेश जस्ता मुलुकले धेरै फाइदा लिएका छन् । ति मुलुकहरुका कोरियाले विभिन्न उद्योग तथा कलकारखाना खोलेर देश विकास र समृद्धमा सहयोग गरिरहेको छ । नेपालले पनि मूनको कार्यकालमा धेरै सहयोग लिन सक्छ । कोरियनहरु हिमाल भने पछि हुरुक्कै हुन्छन् ।

उनिहरुलाई नेपालको बारेमा जानकारी दिन सक्यो भने पनि अहिले जाने कोरियन संख्या भन्दा सयौ गुणा बढि कोरियन पर्यटक नेपाल भित्र्याउन सकिन्छ । तर नेपाल सरकार र त्यसका मातहतका निकायले यस बारे अहिले सम्म प्रर्याप्त मात्रामा ध्यान पुर्‍याउन केको छैन् । नेपाल सरकारले दुतावासमा राजदुत पठाउदाँ कोरियाका बारेमा राम्रो जानकारी तथा भाषामा दक्ष भएको पठाए उसले नेपाललाई टेवा पुग्ने गरी कोरियन सरकारसँग प्रष्ट कुराकानी तथा डिल गर्न सक्थ्यो तर अहिले सम्म त्यस्तो हुन सकेको छैन । अहिले सम्म आएका राजदूतहरु पद र व्याक्तिगत कमाउ धन्दामा लिप्त हुने गरेको टिप्पणी बेला बेलामा हुने गरेको छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.