मुनको नेपाल भ्रमणको कोरियामा चर्चा

मुनको नेपाल भ्रमणको कोरियामा चर्चा

कोरिया :  कोरियाका नयाँ राष्ट्रपतिले गत वर्ष गरेको नेपाल भ्रमणका बारेमा यहाँका मिडियाले प्राथमिकताका साथ समचार सम्प्रेषण गरेका छन् । मून जे इन राष्ट्रपतिमा निर्वाचित भएपछि सामाजिक सञ्जाल मार्फत कोरियामा कार्यरत नेपालीले बधाई र शुभकामना व्यक्त गरेको बेला कोरियाका प्रमूख मिडियाहरुले पनि भ्रमणको समचार छापेका हुन् । सामाजिक सञ्जाल मार्फत कोरियामा कार्यरत नेपालीले मूनले नेपालमा गरेको भ्रमणको तस्बिर राखेर बधाई दिएका हुन्।

कोरियाको वाईटिएन र केबिएस टेलिभिजनले मूनले नेपाल भ्रमणको समचार प्रकाशन प्रशारण गरेका छन् । ति मिडियाले मून राष्ट्रपतिमा जित हासिल गरेपछि नेपालीहरु खुसी भएको पनि उल्लेख गरेका छन् । मूनले नेपालमा महाभुकम्प गएपछि गत वर्षको मेमा भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै सहयोग पनि गरेका थिए ।

उनले लाम्टाङको पदयात्रा र भुकम्पपछिको अवस्थाका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । त्यस्तै पाँच वर्ष अघि पनि मूनले नेपालको भ्रमण गरेका थिए । मून शान्ति र खुसीको खोजीका लागि नेपाल जाने गरेको बताइन्छ । उनी पार्टी भित्र संकट तथा व्याक्तिगत रुपमा तनाब र विवादबाट बच्न नेपालको शान्त भुमि रोज्ने गरेका छन् ।

नेपालको आर्थिक, विकास लगायतका बारे प्रत्यक्ष जानकारी भएका मून राष्ट्रपति भएसँगै नेपालले उनको कार्यकालमा फाइदा लिन सक्ने कतिपयले बताउने गरेका छन् । उनको कार्यकालमा नेपालले पर्यटन, भुकम्पपछिको पुर्ननिर्माण, पुर्वाधार र भौतिक संरचनाका लागि सहयोग र अनुदान लिन सक्ने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.