बुद्धका सन्देश यूरोपको बिश्व मेलामा

बुद्धका सन्देश यूरोपको बिश्व मेलामा

काठमाडौं: आगामी जेठ २० गते (जुन ३ )मा यूरोपमा हुने विश्व मेलामा भगवान गौतम बुद्धका सन्देश राखिने भएको छ । बेल्जियमको लुभेन शहरको केन्द्रमा अवस्थित दि ब्रुल नामक पार्कमा लुभेन नगरपालिका र भ्लाम्स ब्राबांट प्रोभिन्सको संयुक्त आयोजनामा हुन लागेको मेलामा गौतम बुद्धको शान्ति र अहिंसाका उपदेशहरु लेखिएका प्लेकार्डहरु राखिन लागेको हो ।
बुद्धको जन्मस्थल लुम्बिनी र शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तुको विषय,नेपालको साँस्कृतिक र प्राकृतिक विश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदाहरुको जानकारी मुलक सामग्रीहरु प्रदर्शनीमा राख्न लागिएको हो ।
लुम्बिनी कपिलवस्तु बिश्व अभियानले गर्न लागेको प्रदर्शनीका लागि सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको जानकारीमुलक ब्रोसर र पोष्टरहरु निशुल्क वितरण गरिने लागेको हो । बृत्तचित्रहरुको प्रदर्शनका लागि पनि तयारी गरिएको अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार इन्फरमेसन स्टल मार्फत नेपालको प्रबद्र्धन गर्न अनुमति लिइसकिएको छ । प्रदर्शनी स्थलमा टेन्ट तयार गर्ने जिम्मेवारी अभियानले लिएको छ ।
स्टल व्यवस्थापनका लागि योगिता थापा,सीमा सुवेदी,दुर्गा भट्टराई र अनिल थापालाई जिम्मेवारी दिइको आचार्यले जानकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.