वेल्जियममा वर्ल्ड  फेस्टिलब कार्यक्रम

वेल्जियममा वर्ल्ड  फेस्टिलब कार्यक्रम

बेल्जियम : २९ वर्षदेखि वर्षेनी मनाउदै आइरहेको 'वर्ल्ड फेस्टिवल' कार्यक्रम बेल्जियमको लुभेन नगरमा सम्पन्न भएको छ । वर्ल्ड फेस्टिवलको आयोजना तथा लुभेन नगरपालिका र भ्लाम्स ब्राबांट प्रोभिन्सको सहयोगमा प्रवद्र्वन कार्यक्रम सम्पन्न भएको थियो । मेलामा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमले भगवान बुद्धका शान्ति र अहिंसाको सन्देशहरुको प्रदर्शन गरेकाे थियो ।

'वर्ल्ड फेस्टिवल' कार्यक्रम नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गर्ने उद्देश्यले इन्फोरमेसन स्टल राखिएको थियो । स्टलमा नेपालको पर्यटन प्रवर्धन गर्न हजारौं मानिसले भ्रमण र अवलोकन गरेका थिए ।

स्टलमा बुद्धको जीवनीसँग सम्बन्धित नेपालमा भएका सम्पदाहरुको बारेका लुम्बिनी विकाश कोषबाट प्राप्त जानकारीमुलक ब्रोसर र नेपाली राजदुतावास, बेल्जियमबाट प्राप्त ब्रोसर तथा पोस्टरहरु निशुल्क वितरण गरीएकेा थियो ।

अभियानले नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको बारेमा निर्माण गरिएका विभिन्न वृतचित्रहरुको लगातार प्रदर्शन गरेर नेपालको बारेमा थप जानकारी दिएको थियो ।

बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत लोकबहादुर थापाले इन्फोरमेसन स्टलको भ्रमण तथा अवलोकन गर्नुभएको थियो । त्यस्तै बेल्जियमका लागि नेपालका तर्फबाट अवैतनिक कन्सुल रोजर दि ग्रोएन, बेल्जियमकी पूर्व सिनेटर तथा संघीय संसदकि सांसद इल्स भान हूफ तथा लुभेन नगरपालिका उप प्रमुख तथा सांस्कृतिक विभाग प्रमुख डेनिसे वन्देवॊर्तले अवलोकन गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.