पर्वतका राजकुमारको कोरियामा निधन

पर्वतका राजकुमारको कोरियामा निधन

दक्षिण कोरिया : दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । ख्यंगि प्रान्तको पुछन सुगुरीस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार बि.कको मृत्यु भएको हो।

ईपिएस मार्फत तीन बर्ष अघि आउनु भएका २८ बर्षीय बिकको फर्निचरमा काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको त्यहाँ काम गर्ने एक नेपालीले जानकारी दिएका छन् । मृतक विकको शवलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको बताईएको छ । कम्पनी मालिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी राजधानी सोल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख किरण शाक्यले घटनाका बारे त्यहाँ कार्यरत नेपालीले जानकारी गराएको र कोरियन प्रहरीले अझैसम्म जानकारी नगराएको बताउनुभयो । झण्डै पौने लाख नेपाली युवाले कोरियन भाषा परिक्षा दिने तयारी गरिरहेको बेला यस्तो दुखद दुर्घटना भएको छ ।
कोरियामा औद्योगिक दुर्घटनामा परी सन् २००८ यता दर्जन बढी नेपालीले ज्यान गुमाईसकेका छन् भने त्यो भन्दा बढी अंगभंग भएका छन् ।

कोरिया आउनु अघि दिईने अभिमुखिकरण तालिममा औद्योगिकसुरक्षा र यहाँको कामका बारेमा मौखिक मात्र नभई भिडियो मार्फत पनि जानकारी दिन सके दुर्घटनामा पर्ने सम्भावना कम हुन सक्छ । यस तर्फ नेपाल सरकार, वैदेशिक रोजगार विभाग र इपिएस शाखाको ध्यान जान जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.