लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या सत्र पुग्यो, पैतीस वेपत्ता

लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या सत्र पुग्यो, पैतीस वेपत्ता

लण्डन : एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४-तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन्।

घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन्।

बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेकोे आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन्।

फाराह हाम्दान, उहाँको श्रीमान् ओमार बेल्काडी र उहाँहरुको छ महिने छोरीका बारेमा अहिले सम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले बताउनु भयो। “हामी सवै अस्पतालमा छौं, हामीले सवै समय उनीहरुलाई खोजिरहेका छौं, तर अहिले सम्म पनि उनीहरुलाई पाउन सकिरहेका छैनौं,” उहाँले भन्नुभयो।


उहाँको छ बर्ष र १० बर्षका अरु छोरीहरु पनि रहेका छन् तर उनीहरुलाई अस्पतालमै भेटिएको छ। घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि रहेको छ। उनीहरुको मृत्यु नै भएको हुन सक्ने उहाँहरुको आफन्तले अनुमान गरेका छन्। उनीहरु चित्रकार थिए। गत तीन हप्ता अगाडी मात्रै उनीहरु लण्डन आएको आफन्तहरुको भनाई छ।

“आगलागीमा परी हाम्रो देशका दुई जना नागरिक बेपत्ता भएका छन्,” इटालीको विदेश मन्त्रालयका अधिकारीहरुले एएफपीसँग भनेका छन्।
इटालीको एउटा समाचारपत्रले लेखेको छ, “गोर्टाडीले आफ्नो बुबासँग कुराकानी गरिरहेका बेला धुवा बढ्दै गइरहेको बताउनु भएको थियो, त्यही बेला फोन सम्पर्क विच्छेद भयो। ” पत्रिकाले त्यो जोडी भवनको २३औ तलामा बस्ने गरेको पनि उल्लेख गरेको छ।
आवासीय भवनमा आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको छ।

उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्या २०० भन्दा बढी रहेको थियो।

प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ। आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.