भारतमा ३० जनालाइ झुण्डाएर फासी दिइदै

भारतमा ३० जनालाइ झुण्डाएर फासी दिइदै

नयाँदिल्ली : भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गर्नुभएको छ।उहाँको कार्यकाल आउदो महिना सकिदैछ।

पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गर्नुभएको थियो । सो कुरा भारतीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

उहाँले माफी दिन अस्विकार गर्नु भएकामध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त पनि थिए। इन्डोरको मध्यशहरमा भएको त्यो घटनामा उनीसँगै अरु तीन जना पनि संलग्न थिए।
त्यसैगरी माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् ।

उल्लेखित दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ ।राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ।

राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् ।
अव राष्ट्रपति मुखर्जीसमक्ष आममाफी नदिन गरिएका अपिलको सूची पनि छैन। उहाँको पुर्ववर्ती प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिनुभएको थियो। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.