दुई पाकिस्तानी कूटनीतिज्ञ अफगानिस्तानमा बेपत्ता
इस्लामाबाद: अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारबाट बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ ।
पाकिस्तान विदेश मन्त्रालयका अधिकारीका अनुसार सडकमार्गबाट पाकिस्तान फर्किने क्रममा बीचै बाटोबाट उनीहरु वेपत्ता भएका हुन् ।
ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा पत्ता लगाई दिन पाकिस्तान विदेश मन्त्रालयले अफगान अधिकारीसँग अनुरोध गरेको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ । अफगान अधिकारी ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा फेला पार्ने कोसिस जारी रहनुको साथै घटनाको अनुसन्धान सुरु भएको पाकिस्तान सरकारलाई जानकारी दिएका छन् ।
पाकिस्तानले अफगान सरकारलाई आफ्ना अधिकारीलाई फेला पार्न सक्दो प्रयास जारी राख्नसमेत अनुरोध गरेको छ ।
पाकिस्तानको लागि अफगानिस्तानी राजदूत ओमार जाखिलवालले आइतबार बिहान सवेरै यस घटनाको पुष्टि गर्नुभएको थियो । ‘म पक्का छु कि हाम्रा योग्य संस्थाले ती अधिकारी पत्ता लगाउने छ’ जाखिलवालले बताउनु भएको छ । रासस÷सिन्ह्वा