फ्रान्सको संसदीय निर्वाचनमा एक वर्षअघि खुलेको माक्रोनको पार्टीलाई बहुमत

फ्रान्सको संसदीय निर्वाचनमा एक वर्षअघि खुलेको माक्रोनको पार्टीलाई बहुमत

एजेन्सी : एक बर्षअघि मात्रै खोलिएको फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोनको पार्टी 'एन मार्के' लाई फ्रान्सेली राजनीतिमा अर्को ऐतिहासिक सफलता हात लागेको छ । माक्रोनको पार्टी 'एन मार्के'ले संसदीय चुनावमा स्पष्ट बहुमत प्राप्त गरेको छ ।

आइबार सम्पन्न दोस्रो चरणको मतदानको ९७ प्रतिशत मतगणना सकिदा माक्रोनको मध्यपंथी 'एन मार्के' पार्टीले । फ्रान्सेली सांसदको तल्लो सदन नेशनल एसेम्बलीका ५७७ डेपुटिज् मध्ये ३०१ डेपुटिज विजयी भएका छन् ।

त्यहाँका परम्परागत सत्तारुढ दक्षिणपंथी पार्टी र उसका गठबन्धन पार्टीले १२९ सीटमा सीटमा जित हासिल गरेका छन् भने सोसालिस्ट र उसका गठबन्धनमा रहेका पार्टीले अन्तिम नतिजा आउँदासम्म ४० देखि ५० सीटसम्म जित्न सक्ने आँकलन गरिएको छ । म्याक्रोनसँग राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेकी ली पेनको घोर दक्षिणपंथी पार्टी 'नेशनल फ्रन्ट'ले ८ सीटमा मात्र जित हात पारेको छ । पेनले भने पहिलो पटक डेपुटी सदस्यमा विजय हासिल गरेकी छिन् ।

गतबर्षको अप्रिलमा मात्रै स्थापना भएको एन मार्के पार्टीको यो जीतलाई फ्रन्सको राजनीतिमा आएको उलटफेर मानिएको छ । माक्रोनको दलको यसअघि संसद्मा् कुनै प्रतिनिधित्व नै थिएन।फ्रान्सका परम्परागत पार्टीका उम्मेदवारलाई निकै पछि पार्दै केही हप्ताअघि मात्रै ३९ वर्षीय एमानुअल माक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

म्याक्रानको दललाई बहुमत दिएर फ्रान्सेली जनताले माक्रोनलाई काम गर्ने सहज वातावरण तयार गरिदिएको भनी चर्चा गरिएको छ । साथै फ्रान्समा राजनीति स्थायीत्व कायम हुने अपेक्षा गरिएको छ । संसदीय चुनावमा हासिल भएको बहुमतले माक्रोलाई देशका अव्यवस्थित श्रम कानूनहरु सुधार गर्ने आफ्नो वाचा पूरा गर्न मद्दत गर्नेछ। श्रम कानूनको सुधार आफ्नो उच्च प्राथमिकतामा पर्ने उनले यसअघि नै बताइसकेका छन्।

दक्षिणपन्थी पार्टीहरुले उनका यस्ता कदमको कडा प्रतिवाद गर्ने बताइरहेका छन् । राष्ट्रपतिमाथि संसदको नियन्त्रण रहने भएपनि फ्रान्समा संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था भने छैन् । प्रधानमन्त्रीको छनौट र नियुक्ती राष्ट्रपतिले नै गर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.