दार्जिलिङमा इन्टरनेट सेवा बन्द गर्न बंगाल सरकारको निर्देशन

दार्जिलिङमा इन्टरनेट सेवा बन्द गर्न बंगाल सरकारको निर्देशन

इलाम : अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ।

इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिनुभयो। उहाँले बंगाल सरकारको सो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिनुभएको छ।

बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो।

आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको विश्लेषण पछि सेवा बनद गरेको हो। शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको खबरलाई अवेरसम्म प्रशासनले लुकाएपछि मोर्चाका कार्यकताले भिडियो र तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि मात्र प्रशासनले तीन जनाको मृत्यु भएको स्वीकार गरेको थियो।

बंगाल सरकारले दार्जिलिङर आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ। सोमबार पनि दार्जिलिङका विभिन्न स्थान, कालेबुङ खरसाङमिरिक लगायतका सहरमा मौन जुलुस निस्केको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो।

बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव(जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको मृत्यु भएको थियो।

मोर्चाको आव्हानमा चलो पातलेवाँस अभियानको दोस्रो दिन मोर्चाको नारी मोर्चाले निकालेको डण्डी मोर्चामा प्रहरीले हस्तक्षेप गरेपछि भड्किएको मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि प्रहरीले दार्जिलिङको विजनवारी नजिक प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। मृतकको नाममा सहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले केण्डील जुलुस निकालेको मोर्चाकी कार्यकर्ता अनिता बस्नेतले जानकारी दिनुभयो।

आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ। बंगाल सरकारले हिमाली, डि टीभीलगायतका स्थानीय च्यानल बन्द गराएको छ। बंगाल प्रहरीले पत्रकार विक्रम राईलाई यस अघि पक्राउ गरिसकेको छ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले शान्त रहन आह्वान गर्नुभएको छ। बंगालभाषको वाध्यकारी अध्यानको व्यवस्था गरेपछि नेपाली भाषी भारतीयको बाक्लो बसोवास भएको दार्जिलिङ सहितको गोर्खाल्याण्ड क्षेत्रमा चर्किएको आन्दोलन दवाउन प्रहरी र सेना परिचालन गरेको मोर्चाले जनाएको छ। मोर्चा अध्यक्ष विमल गुरुङले मुख्यमन्त्रीको आतंकले गोर्खाल्याण्डको माग नरोक्ने प्रष्ट पार्नुभएको छ।

बंगाल सरकारले कक्षा १ देखि ८ सम्म बंगाली भाषा अनिवार्य पढ्नु पर्ने व्यवस्था गर्ने प्रयास गरेपछि आन्दोलन चर्किएको हो। आन्दोलन सुरु भएपछि मोर्चाका अध्यक्ष विमल गुरुङसहितका नेता भूमिगत हुनुभएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.