गोकर्ण विष्ट भन्दै अधिकृतलाई जिउँदै जलाउन खोजेपछि

गोकर्ण विष्ट भन्दै अधिकृतलाई जिउँदै जलाउन खोजेपछि

चितवन: भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि शनिबार बिहान ८:५० बजेको समयमा भरतपुर महानगरपालिका-७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, 'डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।' आफू भाग्न नसकेको भए आगो समेत लगाउने सापकोटाले बताए ।

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने, 'तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यहीँ हो भन्यो र मलाई समाए ।'

१९-२० वर्ष उमेरको एउटा र ३५-३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए । सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि उनीहरुबारे आफूले अनुमान लगाउन नसकेको उनले बताए ।

हल्ला भएपछि आफू भागेको बताउँदै उनले स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनले बताए ।

सापकोटा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.