कैलाली बोक्सी प्रकरण : यातना दिएको गाँउमै राधाको अभिनन्दन

कैलाली बोक्सी प्रकरण :  यातना दिएको  गाँउमै  राधाको अभिनन्दन

धनगढी: गाँउका हजारौं मानिस देउकलियाको राष्ट्रिय माविमा भेला भएका थिए। राधा चौधरीलाई चिन्ने र नचिन्ने सबैको उपस्थिति थियो, राष्ट्रिय माविमा। कुनै गाडी पुग्यो की झुम्मी हाल्थे उनीहरु, राधा आइन् की भनेर। एकछिनमै ओरेक नेपालकी कार्यक्रम संयोजक बिनु राना, कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, प्रहरी उपक्षिक विनोद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक गोविन्द कोइराला सँगै राधा र गोप्य जाहेरी दिएकी अर्की युवती राष्ट्रिय माविमा झरे।

राधाका बालसखा पनि प्रतिक्षामा थिए, विद्यालयको मैदानमा भेला भएका उनीले राधा पुग्ने वित्तिकै ताली बजाएर अभिनन्दन गरे। गाँउको सम्झना अनि बालसखाहरुसँगको मिलनले होला, राधाका आँशु रोकिएनन्, भक्कानो फुटाइन्। एकछिन, मञ्चमा सन्नाटा छायो। बोक्सीको आरोपमा कुटपिटपछि धनगढी आएकी कैलालीको घोडाघोडी नगरपालिका ५ की राधा चौधरीको आफ्नै गाँउमा गरिएको अभिनन्दन समारोहको शब्ददृश्य हो यो।

जिल्ला प्रशासन कार्यालय कैलाली, ओरेक नेपाल र मान्छे बोक्सी हुदैन राष्टिय जागरण अभियानले संयुक्त रुपमा राधाकै गाँउमा उनको अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो। कुटपिट भएको ९ दिनपछि राधा अभिनन्दनका लागि मात्रै गाँउ लगिएकी हुन। उनलाई केही बालसखा, आफन्तसँग भेटघाट पनि गराएर धनगढी नै फिर्ता ल्याइएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले राधालाई टीका लगाए, अनि दोसल्ला ओढाएर अभिनन्दन गरे। सहभागिलाई, बोक्सी हुदैन, बोक्सीको आरोपमा ८ वर्षको जेल सजाय हुने कानुनी प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए। उनले भने ‘राधालाई सहज वातावरण बनाउनु गाउँका युवाको काम हो।’ उनले भोलेबाबा भनिने रामबहादुर चौधरी, उनका पार्वतीहरु किस्मती चौधरी र स्मारिका चौधरीलाई ८ वर्षको जेल सजाय र एक लाख जरिवाना दाबी सहित मुद्दा दर्ता गरिएको बताए।

राधालाई केही समयपछि गाउँमा आउन सहज होस भनेर गाउँमै ल्याएर अभिनन्दन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। ‘यो राधालाई पुर्नस्थापना गर्ने र गाउँका मानिसलाई पनि बोक्सीको आरोपमा ८ वर्ष जेल हुन्छ र एक लाख जरिमाना पनि हुन्छ भनेर जानकारी दिनका लागि पनि आयोजना गरिएको हो’ पत्रकारलाई प्रतिक्रिया दिदै प्रमुख जिल्ला अधिकारी रिजालले भने।

राधालाई गाँउ फर्काउन आग्रह
अभिनन्दन कार्यक्रमा सहभागी धेरैले अब राधाको गाँउमै पुर्नस्थापना हुनुपर्ने माग गरेका छन । ‘उ एकदमै सोझो थियो, तर हामीलाई पनि त्यतीबेला थाहा भएन की तुनामुना राम्रो होइन भन्ने, अब हामी राधालाई गाँउमा बस्ने वातावरण बनाउछौं, राधालाई गाँउ फर्काई दिनुपर्छ’ राधासँगै पढने माया चौधरीले भनिन, ‘दोषिलाई उम्कन दिन हुदैन।’

गाउँका धेरै युवाले थारु बस्तीमा अझै पनि गुरुवा प्रथा कायमै रहेकाले त्यहाँ जनचेतनामुलक कार्यक्रम गर्न र त्यसको अध्यक्ष राधा चौधरीलाई नै बनाउन माग पनि गरे। ‘मान्छे बोक्सा बोक्सी हुदैन भनेर गाँउ गाँउमा चेतना फैलाउन आवश्यक छ, त्यसको अध्यक्ष राधालाई बनाइनुपर्छ, हामी गाँउका युवा पनि त्यो कार्यमा सहयोग गर्छौं’ अर्का स्थानीय युवा बालकराम चौधरीले भने।

स्थानीय युवा सन्तोष चौधरीले पनि राधालाई गाँउमा पुर्नस्थापना गरे मात्रै यो प्रथा कम हुने बताए। ‘राधालाई गाउँमै ल्याएर राख्नुपर्छ, अनि मात्रै त्यो प्रथा कम हुन्छ, राधालाई देख्ने वित्तिकै बोक्सी हुदैन भन्ने कुरा हरेकलाई थाहा होस, हामी राधाको गाँउमा पुर्नस्थापनाका लागि सहयोग गर्न तयार छौं, उनीमाथि भेदभाव हुनु हुदैन’ सन्तोषले भने।

राधाको गाउँमा बोक्सी विरुद्धको चलचित्र
राधाको गाउँमै अभिनन्दन गरेपछि ‘मान्छे बोक्सी हुदैन राष्ट्रिय जागरण अभियानले’ बोक्सी विरुद्ध बनाएको चलचित्र ‘अग्नीदहन’ गाउँमा देखाएको छ। भोलेबाबा भनिने रामबहादुर चौधरी र किस्मती चौधरीका आफन्त, देउकलिया गाउँका बासिन्दालाई बोक्सी प्रथा विरुद्धको चलचि त्र देखाइएको हो। लामो समयदेखि मान्छे बोक्सी हुदैन भन्ने अभियान चलाइरहेको उक्त संस्थाले धनगढी र महेन्द्रनगरमा पनि त्यो चलचित्र देखाउने अभियानका संरक्षक कोविदशरण उपाध्यायले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.