निमित्त प्रमुखको नियुक्तिको विरोधमा विद्यार्थी आन्दोलित

निमित्त प्रमुखको नियुक्तिको विरोधमा विद्यार्थी आन्दोलित

काठमाडौं: त्रिभुवन विश्वविद्यालय आयूर्वेद क्याम्पस कीर्तिपुरमा लामो समय निमित्त प्रमुख प्रमुखकै भरमा चल्दै आएको छ । नौ महिनादेखि निमित्तको भरमा चल्दै आएको उक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले फागुन २५ गते आयूर्वेद क्याम्पसको निमित्त प्रमुख डा. शिवमंगलप्रसाद शाहलाई नियुक्त गरेको छ ।

डा. शाहलाई तीन महिनाको लागि निमित्त प्रमुखमा नियुक्त गरिएको छ । अवकास प्राप्त पूर्व क्याम्पस प्रमुख प्रा.डा. दीपबहादुर (डीबी) रोक्काले नौ महिनादेखि निमित्त चलाइरहेका थिए ।

निमित्तको भरमा क्याम्पस चलाएर लथालिङ्ग भएको विद्यार्थी र प्राध्यापकहरुको आरोप छ । पुनः निमित्तमा पनि कनिष्ठ असिटेन्ट लेक्चरर डा. शाहलाई नियुक्त गरिएको भन्दै वरिष्ठ प्राध्यापक समेत आक्रोशित भएका छन् भने विद्यार्थी आन्दोलित छन् ।

९ महिनादेखि निमित्त प्रमुखको भरमा चलेको क्याम्पसमा पुन निमित्त प्रमुख नै नियुक्त गरेकोमा विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।

उनीहरुले निमित्त प्रमुख पनि भागबण्डाको आधारमा कनिष्ठलाई दिएको आरोप लगाएका हुन् । कार्यवाहक स्ववियू सभापति प्रसान्त बस्नेतले निमित्त, त्यो पनि कनिष्ठलाई बनाएपछि आन्दोलित हुनु परेको बताए । ‘

रिटायर भइसक्नु भएका पूर्वक्याम्पस प्रमुखले ९ महिना चलाउनु भयो, अहिले फेरि कनिष्ठ लेक्चरलाई निमित्त नै बनाइयो', उनले प्रश्न गर्दै भने,‘निमित्तमाथि निमित्त नियुक्त गर्नु क्याम्पसलाई लथालिङ्ग पार्न खोजिएको छ त होइन ।’ उनले चिकिस्सा क्षेत्रमा वरिष्ठताको ठूलो अर्थ हुने समेत बताए ।


डा. गोविन्द केसीले वरिष्ठताको आन्दोलन चलाइरहँदा पनि उस्तै अवस्था हुनु दुर्भाग्य भएको उनले बताए । क्याम्पस लामो समयदेखि अस्तव्यस्त भएको उनले बताए । उनले शैक्षिक, प्रशासनिक तथा चिकित्सा सेवा अत्यन्त दयनिय रहेको बताए । उक्त निर्णय नसच्याए कडा आन्दोलन गर्ने समेत चेतावनी विद्यार्थीहरुले दिएका छन् ।

नेविसंघका सचिव सरोजमणि पोखरेलले सडकमा उत्रने चेतावनी दिए । स्ववियू र नेविसंघले वरिष्ठता तथा प्राज्ञिक वरिष्ठताको आधारमा पूर्णकालिन क्याम्पस प्रमुख तथा शिक्षण अस्पताल कार्यकारी निर्देशक नियुक्त गर्न त्रिविसँग गरेका छन् । उक्त क्याम्पसमा १६० विद्यार्थी अध्ययरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.