वडाअध्यक्षको घरमा बम, मागियो एक करोड रूपैयाँ

वडाअध्यक्षको घरमा बम, मागियो एक करोड रूपैयाँ

मलंगवाः चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरका वडाअध्यक्ष अब्दुल अहद कवाडी (फेकन) को घरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको टोलीले शनिवार बेलुका डिस्पोज गरेको छ ।

घर अगाडी राखेको बोलेरो गाडीको मुनी अज्ञात समूहले बम राखेको वडा अध्यक्ष कवाडीले बताएका छन् । बम राखेको गाडीमा अज्ञात समूहले १ करोड मागेको पर्चा समेत छाडेको छ ।

एक करोड रकम नदिए सुन्दरपुर र नवलपुरमा रहेको घरलाई उडाइदिने धम्की समेत फोनबाट आएको अध्यक्ष कवाडीले दिएका छन् । घरमा कोही नभएको बेला अज्ञात समूहले बम राखेको थियो ।

आफू गाउँपालिकाको कार्यालयमा आउने क्रममा अज्ञात समूहले फोन गरेर तेरो घरमा बम राखेको छु भने पछि आफूले थाहा पाएको कवाडीले बताए । फोन गरेपछि आफू घरमा गएर प्रहरीलाई खबर गरेको र नवलपुरबाट आएको नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरेको कवाडीले बताए ।

बम नेपाली सेनाले डिस्पोज गरेको र कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । बमलाई प्रहरीले बच्चाले खेलाउने क्रममा फेला पारेको छ ।

गाडीमुनि राखेको भनेर प्रहरीलाई खबर गरे पनि प्रहरीले बच्चा खेलाउने क्रममा फेला पारेको उपरीक्षक खाँले बताए । बम राख्ने र धम्की दिने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.