कुुहिरोमाथि कञ्चनजंघा

कुुहिरोमाथि कञ्चनजंघा

उकाली ज्यानको चिप्लेटी ढुुंगा, त्यहीँ भारी बिसाऊँ न

नुुन बोक्ने धरान परियो हैरान, चौतारी खोजौं न

कान्छी चौतारी खोजौं न।

‘पहिलेपहिले धरानबाट नुुन बोकेर तेह्रथुुम, संखुुवासभा, ताप्लेजुुङ, पाँचथरतिर जाने बाटो हो यो।’

तेह्रथुुमको वसन्तपुुरबाट अगाडि बढेसँगै पदयात्रा टोलीको गाइड गरिरहेका पासाङ लामाले यो बाटोको इतिहास बताउन सुुरु गरिसकेका थिए। अहिले सडक बनेपछि भने पुुरानो गोरेटोको नामोनिसान छैन। भिरालो पहाडमा जताततै सडकैसडक बनाइएको छ।

लामा ताप्लेजुुङकै तोप्केगोलामा जन्मिएर काठमाडौंमा जमेका पर्यटन व्यवसायी हुुन्। तोप्केगोलाका जमिनदारको छोरा। जमिनदार भने पनि उनी सानो हुुँदा पैसा देख्नै साह्रो पथ्र्यो। जब पैसाको खाँचो पथ्र्यो, ढाकरमा छुुर्पी भरेर भरियासहित यही बाटो धरान झर्थे उनी। बाटोमा नुुन र अरू मालसामान ढाकरभरि हालेर तोक्मा टेक्दै उकालो चढ्नेहरूको ताँती नै हुुन्थ्यो। माथिको लोकगीत त्यस्तै भरियाहरूको सुुस्केरा हो।

हामी उहिल्यै नुुन बोक्ने भरिया हिँड्ने बाटो पछ्याइरहेका थियौं। गुुराँसको राजधानी तीनजुुरे र मिल्के हुुँदै हामी ताप्लेजुुङको पाथीभरासम्मको यात्रामा थियौं। चारैतिर बाक्लो कुुहिरो लागेको थियो। करिब पचासजना पदयात्रीको समूह कुुहिरोको काग भएको थियो। के साँच्चै पदयात्राभरि मनोरम हिमशृंखलाको दृश्य हेर्न नपाइने नै हो त ? यस्ता प्रश्न सबैको मनमा थियो।

हामीसँगै संखुुवासभाका सांसद राजेन्द्र गौतम पनि हिँडिरहेका थिए। उनी वसन्तपुुरदेखि नै काठमाडौंबाट गएको टोलीमा मिसिएका थिए। उनले भने, ‘अब टुुटे देउरालीदेखि गुुफापोखरीसम्म हामी संखुुवासभा भएर हिड्छौं, तेह्रथुुम र ताप्लेजुुङको सिमाना नजिकैबाट।’

उनले अझै थपे, ‘अहिले हामी हिँडिरहेको जोगबनी र किमाथांका जोड्ने उत्तरदक्षिण राजमार्ग हो।’

राजमार्गको ट्र्याक खोल्ने काम करिब सकिएको रहेछ, अब १४ किलोमिटरजति मात्रै ट्र्याक बाँकी भएको उनले सुुनाए।

वसन्तपुुरदेखि माथिको केही भाग पहिल्यै पिच भएर भत्किएको रहेछ। एक स्थानीयवासीलाई सोधेँ, ‘यो सडक कहिले पिच भएको हो दाइ ? ’

‘पाँच छ वर्ष भयो तर दुुई वर्षमै भत्किहाल्यो’, उनले जवाफ दिए।

हामीसँगै पाइला मिलाइरहेका थिए नेपाल सरकारका पूर्वसचिव डिल्लीरमण भट्टराई। उनले अघिल्लो साँझ परिचयका क्रममा आफू बाल्यकालमा यो बाटो हिँडेको स्मरण सुुनाएका थिए। ताप्लेजुुङमा जन्मिहुुर्किएका हुुन् उनी। मैले सडकको दुुरवस्थाको कारण के होला भनेर उनैलाई सोधेँ।

‘यहाँ मात्रै होइन, पछिल्लो १०/१५ वर्षमा पिच भएका प्रायः सडक यस्तै हो’, उनले भने, ‘पहिलो कुुरा त हामी सबैभन्दा कम रकम प्रस्ताव गर्नेलाई ठेक्का दिन्छौं। त्यो रकम पनि चुुहिने छिद्र अनेक छन्। यसरी चुुहिएको रकम कहाँकहाँ पुुग्छ होला ? आफैं अनुुमान गर्नुुस्।’

अलि उकालो परेको बाटो हिँडेर उनी उभिए। अघि आएकै बाटोतिर फर्किए। एकदुुई पटक सास लिएर सहज भए। अनि भने, ‘हामी तमोर नदीको नजिकैबाट हिँडिरहेका छौं। यो तमोरको मूल नै सफा भएन भने तल सफा गरेर पानी सफा हुुन्छ त ? विकासको कुुरा पनि यही हो।’ लोभीपापी राजनीतिज्ञप्रति उनको असन्तुुष्टि थियो यो।

सांसद गौतम बाटामा भेटिएका स्थानीयवासीसँग हाइहेल्लो गर्दा र नमस्ते फर्काउँदा अलि पछाडि परिसकेका थिए। केही बेर पर्खिएपछि उनी हामी भए ठाउँ आइपुुगे।

‘म निर्वाचित भएर आइसकेपछि निरन्तर यो बाटोका लागि लागिरहेको छुु। मैले तीनै जिल्लाका सांसदहरूसँग पनि छलफल गरेँ, सीडीओ र जिसस, सडक कार्यालयका प्रतिनिधि, ठेकेदार सबैलाई राखेर कुुरा गरेँ। एउटा सार्वजनिक सुुनुुवाइ गराएँ र ठेकेदारका तर्फबाट छ बुुँदे प्रतिबद्धतापत्र तयार गर्न लगाएँ।’

करिबकरिब रिसाएझैं गरी उनले भने, ‘ठेकेदारले सरकारबाट पैसा लिने, समयमा काम नगर्ने, गुुणस्तरीय काम नगर्ने, नाफा उनीहरू कमाउने, अनि गालीचाहिँ हामी जनप्रतिनिधिले खानुुपर्ने ? हामी चुुप लागेर बस्न मिल्दैन। अब हुुने काम समयमा र गुुणस्तरीय हुुनुुपर्छ।’

यति बेला हामी तेह्रथुुम र संखुुवासभाको सीमामा पर्ने २४ सय मिटर उचाइको टुुटे देउराली आइपुुगेका थियौं। तीनजुुरे, मिल्के, जलजले क्षेत्रको पदयात्राको प्रस्थानबिन्दुु हो टुुटे। खाँदबारी हुुँदै किमाथांका जाने बाटो छाडेर हामी पूर्वतिर लाग्यौं। सांसद गौतमले ब्रिफिङ गरिरहे, ‘यो मदन भण्डारी राजमार्ग हो। ताप्लेजुुङ सदरमुुकाम सम्मको यात्रा यही बाटोबाट हुुन्छ।’

अलि अगाडि बढेपछि हामी ‘रक गार्डेन’ पुुग्यौं। कलाकारहरूले विभिन्न आकृतिका ढुुंगालाई रङरोगन गरेर वन्यजन्तुुको आकार दिएका रहेछन्। यस्ता पचासौं ढुुंगा यहाँ छन्, जसमा बाघ, सिंह, गोही लगायतका जंगली जनावरका आकृति छन्।

एकैछिनमा कुुहिरो आउन थाल्यो। तैपनि करिब साढे सात बजेसम्म देखिइरहेको थियो कुुहिरोमाथिको कञ्चनजंघा। तीन दिनदेखिको अनवरत यात्राको लोभ यति नै थियो, कुुहिरोमाथिको कञ्चनजंघा हेर्नुु।

नजिकै चौरमा पाँचवटा बडेमानका ढुुंगा पल्टिरहेका छन्। तिनै ढुुंगातिर देखाउँदै ताप्लेजुुङ सरोकार केन्द्रका उपाध्यक्ष तथा पदयात्रा महोत्सवका संयोजक टंक श्रेष्ठले भने, ‘यी ढुुंगा पाँच पाण्डवले छेलो हानेको भन्ने किंवदन्ती छ।’

यही रक गार्डेनबाट गुुराँसको जंगल सुुरु भयो। तर, यहाँ गुुराँस राम्रोसँग फुुलेको थिएन। ढकमक्क गुुराँस फुुलेको जंगलै देख्न पाइने अपेक्षा गर्दै हामी उकालो लाग्यौं। करिब २९ सय मिटर उचाइमा रहेको तीनजुुरे पुुग्दासम्म कतै पनि त्यसरी गुुराँस फुुलेको देख्न पाइएन।

आयोजकमध्येकै कसैले भन्यो, ‘पोहोर यति बेलासम्म सबै गुुराँस फुुलिसकेको थियो। सबै जंगल रातै देखिन्थ्यो। यसपालि असिना धेरै पर्‍यो, चिसो धेरै भएर गुुराँस फुुल्न ढिला पनि भयो।’

चौकीमा खाना खाएर साँझ २९ सय मिटर उचाइमा रहेको सानो बजार गुुफापोखरी पुुग्यौं। दिनभरि एकपटक पनि कुुहिरो खुुलेन। कुुहिरो हटेको भए नेपालको तराईदेखि सगरमाथा र कञ्जनजंघासम्मको सुुन्दर दृश्यावलोकन गर्न सकिने रहेछ।

गुुफापोखरी पुुग्नेबित्तिकै ताप्लेजुुङका सांसद योगेश भट्टराई पदयात्री टोलीलाई स्वागत गर्न आइपुुगे। गुुराँसका लागि प्रसिद्ध भए पनि यो क्षेत्र पर्यटन क्षेत्रका रूपमा व्यवस्थित विकास पर्खिरहेको छ। स्थानीय सरकारले गुुराँस संरक्षणको प्रयास सुुरु गरेपछि केही समस्या पनि देखिएको छ। वनमा गुुराँसबाहेक अरू काठ प्रायः पाइँदैन। गुुराँस काटेर दाउरा नबाल्ने हो भने दैनिकी चलाउनै मुुस्किल छ। सांसद भट्टराईले आफू गुुराँसको दाउराको विकल्प दिन प्रयासरत रहेको बताए।

गुुफापोखरीमा बास बसेको रात निकै पानी परेकाले बिहान मौसम खुुल्छ कि भन्ने धेरैको अनुुमान थियो। तर, सोचेजस्तो भएन। बिहान ७ बजेसम्म पनि गुुफापोखरी कुुहिरोको गुुफामा लुुकिरहेको थियो। कुुहिरो स्पर्श गर्दै हामी अगाडि बढ्यौं। १०/१५ मिनेट हिँडेपछि एउटा ढुुंगैढुुंगा भएको पहाड आयो, मेन्छ्यायोम। किरात सुुन्दरी मेन्छ्यायोमको नामबाट यो पहाडको नाम रहेको हो, जसलाई वनवासका क्रममा पाँच पाण्डवका माइला भाइ भीमले मन पराएको किंवदन्ती रहेछ।

मेन्छ्यायोमबाट थोरै अगाडि बढेपछि आउँछ, मिल्के। मिल्केबाट हामी संखुुवासभा छोडेर ताप्लेजुुङ प्रवेश गर्‍यौं। सांसद भट्टराईको घर र एमाले नेता मदन भण्डारीको जन्मघर रहेको मैवाखोला गाउँपालिकाले सिमानामै मकैभटमास र तात्तातो नुुनचियासहित स्वागत गर्‍यो। यहाँबाट मौसम पनि खुुल्न थाल्यो। अलि तल झ्याउपोखरी पुुग्दा लागेको तात्तातो घामले कठ्यांग्रिएको शरीर न्यानो बनायो। ठूलो पाटनको किनारामा गुुराँस र चाँप फुुलेको सुुन्दर दृश्य, चौंरी चरिहेको दृश्य हेरिरहूँझैं थियो।

झ्याउपोखरीबाट दुुई घन्टा ठाडो ओरालो झरेपछि आइपुुग्यो साँघुु, सांसद भट्टराईको गाउँ। ओह्रालो झर्दै गर्दा उनले ताप्लेजुुङको विकासका योजना सुुनाए, ‘दुुई वर्षभित्र टुुटे देउरालीदेखि ताप्लेजुुङ बजारसम्म मदन भण्डारी राजमार्ग पिच भइसक्छ। यो बाटोबाट करिब ६ घन्टामा धरान पुुगिन्छ, अहिले मेची राजमार्ग घुुमेर आउँदा ९–१० घन्टा लाग्छ।’

यस्तै तमोर नदीको किनारैकिनार बनिरहेको तमोर करिडोरबाट ताप्लेजुुङ सदरमुुकामदेखि धरान तीनदेखि चार घन्टामा पुुग्न सकिने उनले बताए। पाथीभरा जान तल्लो फेदीदेखि पाथीभराको डाँडासम्म केबुुलकार चलाउनेदेखि मैवाखोलाकै कमाने डाँडामा विमानस्थल निर्माण गर्नेसम्म काम अघि बढेको उनले सुुनाए।

उनका विकास योजना सुुन्दै ठाडो ओरालो झर्दा खुुट्टा दुुख्न थालेको थियो। अझ त्यसमाथि फुुटबल खेल्नुुपर्ने भयो। साँघुुमा स्थानीय र पदयात्री समूहबीच मैत्रीपूर्ण फुुटबल आयोजना भएको रहेछ। सांसद भट्टराई स्थानीय टोलीको तर्फबाट खेल्ने भए। उनको टोलीले थकित पदयात्रीलाई तीन गोल हान्यो, पदयात्रीले एक गोल फर्काएर खुुसी मनाए।

साँघुुबाट मदन भण्डारीको जन्मघर नजिकै ढुुंगेसाँघुु पुुगेर पदयात्री टोली बास बस्यो। भोलिपल्ट २०७४ सालको अन्तिम दिन मैवाखोला र तमोरको दोभानमा स्थानीयवासीले मौलिक खाना कोदोको ढिँडो र तमोर खोलाको माछाले स्वागत गरे। तमोरमा बन्दै गरेको पक्की पुुल हेर्दै झोलुुंगे पुुल तरेपछि फुुङ्लिङ नगरपालिकाको क्षेत्र पुुगियो। यहाँबाट गाडीमा ताप्लेजुुङ बजार हुुँदै सुुकेटार विमानस्थलसम्म जाने व्यवस्था आयोजकले मिलाएको थियो। सुुकेटार पुुग्दा पानी पर्नै लागेको थियो। त्यसैले अधिकांशले मोटर यात्रा नै रोजे। सरोकार केन्द्रका उपाध्यक्ष रमेश बराल र म भने पैदलै लम्कियौं। यता पनि गुुराँस त्यति फूलेको थिएन। पहिले रातै देखिने पाखाहरूमा यसपालि फाट्टफुुट्ट चाँप र चिमाल फुुलेको मात्रै देख्न सकिन्थ्यो।

मुुसलधारे पानीमा रुझ्दै माथिल्लो फेदी पुुग्दा साढे सात भइसकेको थियो। यहाँका ससाना होटलमा आयोजकले बासको प्रबन्ध मिलाएको थियो। करिब दुुई हजार मानिस नयाँ वर्षको बिहान पाथीभराको थुुम्कोमा पुुग्ने आशा लिएर फेदीमा भेला भएका थिए।

भोलिपल्ट उकालो लाग्दा उज्यालो भइसकेकै थिएन। यस्तोमा हिमशृंखला हेर्न पाइन्छ कि पाइँदैन होला भन्ने मनमा लागी नै रहेको थियो। यसअघिका तीन दिन कुुहिरो नउघ्रिएको सम्झँदा कुुनै आश थिएन। तर, आश जगाएको थियो— रातभरको दर्के झरीले।

तीन हजार सात सय ९४ मिटरको पाथीभरा थुुम्कोबाट घाम झुुल्किएको हेर्न पाइएन। डाँडामा पुुग्न करिब पन्ध्र मिनेट बाँकी छँदा घाम पोखियो। तर, घामको किरणले खुुसी नदिने भन्ने पनि हुुन्छ र ? यी कलिला किरणको सन्देश त प्रस्ट छ, आज मौसम खुुलेको छ। सँगसँगै थुुम्कोभरि रातभरि परेको सेताम्मे हिउँ पनि देखियो।

स्याँस्याँ हुुँदै डाँडामा उक्लिँदा सांसद भट्टराई आफ्ना शुुभेच्छुुकहरूसँग फोटो खिचाइरहेका थिए। उनले भने, ‘निकैपछि आज यहाँबाट सूर्योदय हेर्न भ्याएँ।’

एकछिन बिसाएर वरपर हेरेँ, पूर्वदेखि पश्चिमसम्म फैलिएको यति लामो हिमशृंखलाको दृश्य आँखाअगाडि कञ्चनजंघा, कुुम्भकर्ण, मकालु, गौरीशंकर आदि। आफू उभिरहेको थुुम्कोमा जता हेर्‍यो त्यतै सेताम्मे हिउँ।

दुुईपटक सगरमाथा चढेका पीके शेर्पाले पूर्वउत्तरतिर औंला देखाउँदै हिमाल चिनाउन थाले, ‘त्यो कञ्चनजंघा, त्यो फक्ताङलुुङ अर्थात् कुुम्भकर्ण, त्यो मकालु।’ मकालुनजिकै सगरमाथा पर्छ, यहाँबाट देखिएन, यतैकताबाट अलिकति चुुचुुरो देखिन्छ।

एकैछिनमा कुुहिरो आउन थाल्यो। तैपनि करिब साढे ७ बजेसम्म देखिइरहेको थियो कुुहिरोमाथिको कञ्चनजंघा। तीन दिनदेखिको अनवरत यात्राको लोभ यति नै थियो, कुुहिरोमाथिको कञ्चनजंघा हेर्नुु।

यहाँ सानो औपचारिक कार्यक्रम भयो। सांसद भट्टराईले दुुई वर्षभित्र केबुुलकार बनाउने प्रतिबद्धता दोहोर्‍याए।

विकासका कुुरा गर्दा हामीले विगत भुुलिरहेका छौं कि ? ‘यी सडक पिच भइसकेपछि पदयात्री कहाँबाट हिँड्छन् ?’ मैले सांसद भट्टराईलाई सोधेँ।

तीनजुुरे मिल्के जलजले र ताप्लेजुुङमा पर्यटन विकासका लागि पदयात्रा निकै महत्वपूर्ण हुुनसक्छ। हिमालका काखैकाख लालीगुुराँस, चिमाल र चाँपले भरिएका पाखा हेर्दै, चौंरीको चहलपहल हेर्दै, विशाल पाटन र खर्कको किनारबाट हिँड्नुु पदयात्राका सोखिनका लागि निकै आनन्ददायक हुुन्छ। तर, वसन्तपुुरदेखि यताका जति सडक छन्, ती सबै पुुरानो गोरेटो मासेर बनाइएको छ।

सांसद भट्टराईलाई आग्रह छ— गाडी कुुदाऊँ, केबुुलकार चलाऊँ, विमानस्थल बनाऊँ तर पदमार्ग नमासौं। यो हाम्रो पुुर्खाले हामीलाई दिइको चिनो हो। भलै आज धरानदेखि नुुन बोक्नुु पर्दैन तर यहाँ संसारभरका पदयात्री हिँडाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.