माधव नेपाललाई फकाउने बालुवाटारको प्रयास असफल

माधव नेपाललाई फकाउने बालुवाटारको प्रयास असफल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादले जटिल मोड लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहबीच भएको छलफलमा सहमति जुट्न नसकेको बताइएको छ। सोमबार कोटेश्वरमा भएको दुई समूहको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको थियो। तर नेपाल समूहको केही प्रस्ताव ओली समूहले अस्वीकार गरेपछि नेपाल समूहलाई फकाउने बालुवाटारको प्रयास असफल भएको छ।

सहभागी एक नेताले दिएको जानकारी अनुसार नेपाल समूहले पार्टीभित्र एक व्यक्ति एक पद हुनुपर्ने प्रस्ताव राखेको थियो। तर ओली समूहले सो प्रस्ताव अस्वीकार गरेपछि सहमति जुट्न नसकेको हो।

छलफलमा भोलि सचिवालय बैठक बस्ने सहमति भएको नेपाल समूहबाट बैठकमा सहभागी रघुजी पन्तले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। 'भोलि सचिवालय बैठक बस्ने सहमति गरिएको छ' पन्तले भने 'त्यसपछि स्थायी समिति बस्ने गरी सहमति भयो।' 

सोमबार बिहान प्रधानमन्‍त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए। नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने बताएपछि सोमबार दिउँसो बैठक बसेको थियो। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्‍त्री इश्वर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली र शंकर पोखरेल र नेपाल समूहबाट माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त कोटेश्वरमा सहभागी थिए।

आइतबार नेपाल निवास कोटेश्‍वरमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित भएको नेपाल समूहको छलफलले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्‍नुपर्ने निश्कर्ष निकालेको थियो। सोही निष्कर्षपछि नेपाल समूहलाई फकाउने प्रयासमा ओली समूह थियो। फकाउने प्रयासबीच नेपाललाई सोमबार बिहान बालुवाटारमा बोलाएर ओलीले छलफल गरेका थिए। सो छलफलमा आफ्नो समूहसँग छलफल गर्नुपर्ने नेपालले बताएका थिए। 

कोटेश्‍वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच छलफल भएको थियो। कोटेश्वरमा नेपाल र ओली समूहको निष्कर्षपछि खुमलटार छलफलले थप रणनीति बनाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.