राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्दैन : माधव नेपाल

राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्दैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दावी गरेका छन्। 

शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दावी गरेका हुन्। 

अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'को बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आएपनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उनले बताए। 

अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उनको भनाइ छ। अध्यक्ष नेपालले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताए। 

त्यस्तै उनले संविधानको उलंघन गर्नेहरू सरकारमा जानु संकटको संकेत दिएको जिकिर गरे। संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानून र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उनले बताए। 

उनले अहिलेको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको उल्लेख गरे। उनले संघ र प्रदेशको निर्वाचनमा पार्टीले १० सिट ल्याएपनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समिक्षा गर्नुपर्ने बताए। 

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरेका छन्। 

मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ। 

त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रित सोंच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ। समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.