चितवन : बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन्। भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरेका हुन्।
प्रदेश ३–०–०१क०३१२ नं को कार, ना८ख४२५९ नं को बस, ना५ख२२६३ नं को ट्रक, ना५ख१४३१ नं को बस, ना४ख८३२५ नं को ट्रक, प्रदेश२–०–३–००१ख००९८ नं को बसमा ढुङ्गाले हानेर सिसा फोडेका छन्। प्रहरीका अनुसार सामान्य क्षति भएको छ।
सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। तोडफोडमा संलग्न रहेको आशंकामा ५ जना बन्दकर्ता र ४ थान मोटरसाइकल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अपिधकारीले बताए। भरतपुर महानगरपालिका वडा नम्बर २३ का अमित घिसिङ , ९ का राजनबाबु सिंह , ७ का सुरज शर्मा र सुदिप पौडेल र भरतपुर २ का गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।
भरतपुरमा बन्दको प्रभाव खासै परेको छैन। सवारी साधन निर्वाध रुपमा चलेका छन्। मानिसहरु त्रसित भएर बिहान कम सवारी चले पनि अहिले सवारी साधन गुड्न थालेका छन्। चितवनका मुख्य बजार खुलेका छन्।