उपप्रधानमन्त्रीद्वय थापा र निधिको मर्यादा विवाद विमानस्थलमा छताछुल्ल (फोटोफिचर)

उपप्रधानमन्त्रीद्वय थापा र निधिको मर्यादा विवाद विमानस्थलमा छताछुल्ल (फोटोफिचर)

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' साताव्यापी चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको मर्यादा विवाद छताछुल्ल देखिएको छ। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु अघिदेखि भित्रभित्रै गुम्सिएको उपप्रधानमन्त्रीको मर्यादा विवाद स्वदेश फर्कने क्रममा विमानस्थलमै छताछुल्ल भएको हो।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री समेत रहेका अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा लहरै उभिएका थिए। निधिले थापासँग बस्न नरुचाएपछि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले महरालाई थापाको छेउमा जान सल्लाह दिए।

महराले निधिलाई नै थापाको छेउमा बस्न सुझाए। ‘महराजी तपाई बरिष्ठ मान्छे उता बस्नुस' निधिले भने। थापा भने गम्भीर भएर उभिएका थिए। खनालले नै महरालाई थापाको छेउमा पठाए भने निधिलाई आफूतिर ताने। यसपछि थापा, महरा र निधि लहरै उभिए। त्यसपछि खनाल र उर्जामन्त्री जनार्दन शर्मा देखिए।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेपछि निधि विमानस्थलको अतिविशिष्ट कक्षसम्म पुगे र पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसँग बसेनन्। पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसँग थापा मात्रै देखिए।

ती घटनाक्रम नियालिरहेका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘पहिलेको मर्यादा क्रमको विवाद विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा पनि देखियो।'

मर्यादाक्रम विवादका कारण प्रधानमन्त्री प्रचण्डले तीन जना उपप्रधानमन्त्री मध्ये कसैलाई पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिएनन्। मुलुक एक सातासम्म प्रधानमन्त्री विहीन अवस्थामा रहेको थियो।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु भन्दा पहिले सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक प्रधानमन्त्री बनाउन दबाब दिएका थिए भने निधिले पनि आफू नै कार्यवाहक प्रधानमन्त्री हुनु पर्ने अडान पटक पटक दोहोर्‍याएका थिए। थापाले पनि आफूलाई नै बरिष्ठ उपप्रधानमन्त्रीको दर्जा दिइ कार्यबाहक दिनु पर्ने अडान लिएका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा निधिले पहिले उपप्रधानमन्त्री पद सम्हालेका थिए भने थापा केहि दिन अगाडि मात्रै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न मन्त्रिपरिषदमा सहभागी भएका हुन्।

जेष्ठताका आधारमा प्रधानमन्त्रीले बरिष्ठतमलाई कार्यवाहक सुम्पिने र विशेषाधिकार प्रयोग गरी कार्यबाहक प्रधानमन्त्री तोक्ने प्रचलन नेपालमा रहदै आएको थियो। तर प्रधानमन्त्री प्रचण्डले ती दुवै प्रचलनलाई अवलम्बन गरेका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.