सुख्खा पहिरो खसेर सवारी पुरिँदा दुईको मृत्यु, राजमार्ग एकतर्फी खुल्यो (फोटाेफिचर)

सुख्खा पहिरो खसेर सवारी पुरिँदा दुईको मृत्यु,  राजमार्ग एकतर्फी खुल्यो (फोटाेफिचर)

काठमाडौंः चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको घुमाउनेमा सुख्खा पहिरोले सवारीसाधन पुरिँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बा १० प ४८४४ नम्बरको मोटरसाइकलका चालक लमजुङ सुन्दरबजार–३ भोटेओडारका ४५ वर्षीय रेशमराज राना र ना ४ ख ५४१९ नम्बरको ट्याङ्करका सहचालक भारत वेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कोइरीको शव ट्याङ्कर निकाल्दै गर्दा फेला परेको प्रहरीले जनाएको छ।

Muglin-Narayanghat-road4-

सोही मोटरसाइकलको पछाडि सवार रानाका १५ वर्षीय छोरा सन्दिप घाइते र ट्याङ्कर चालक पर्सा लक्ष्यमनुवा–१८ का ३६ वर्षीय बनु पटेल घाइते भएका छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। पहिरोस्थलबाट रा १ ख ७७९ नम्बरको मिनी ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक बाहिर निकालिएको प्रहरीले जनाएको छ।

सोमबार बिहान साढे १० बजेतिर पहाडबाट खसेको पहिरोले सवारी साधन पुरेको थियो।  पहिरोका कारण अबरुद्ध भएको चितवन नारायणगढ–मुग्लिन सडकखण्ड भने एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

तस्बिरहरु: अनिल ढकाल/अन्नपूर्ण पोस्ट्/चितवन

ghaite-at-muglin

Muglin-Narayanghat-road

Muglin-Narayanghat-road-1


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.