गुम्वा पुनःनिर्माण अभियानमा पेम्वा

काठमाडौँ: गुम्बैगुम्बा भएको सोलुखुम्बुमा भुकम्पले क्षतिग्रस्त बनेका छन्। क्षतिग्रस्त गुम्बा निर्माणको अभियानमा जुटेका सोलुखुम्बु चौरिखर्क छेप्लुङका पेम्बातेन्जी शेर्पाले हालसम्म २३ वटा पक्की र एक सय ४० बढी घर पुनर्निर्माण गरिदिएका थिए।
खुम्बु क्षेत्रकै पाँच सय बर्ष पुरानो गुम्बा देखि भत्किएका गुम्बाहरु निर्माण गर्न दुई करोड भन्द बढी आर्थिक संकलन गरी लगानी गरेका छन्।कोलोराडोमा शेर्पा पेन्टिङ कम्पनीका मालिकको रुपमा चिनिने पेम्बाले आफनो ग्राहकसँग सहयोग संकलन गरी भूकम्प पीडितको लागि लगानी गरेका छन्।
यसका साथै भुकम्पले नष्ट भएको चौरिखर्कको रिमिजुमा रहेको ऐतिहासिक पाँच सय बर्ष पुरानो पेमाछोलिङ गुम्बा निर्माण सम्पन्न गरेका छन्। अमेरिकामा सहयोग संकलन गरी ५५ लाख गुम्वालाई लगानी गरेको पेम्बाले बताउनुभयो। गुम्बासँगै भित्रको मुर्ति बनाउनका पेम्बा र उहाँकी श्रीमति याङजीले आर्थिक सहयोग गर्नुभएको हो।
भूकम्पपीडितलाइ सघाएको भन्दै सरकारले पेम्बातेन्जी जनसेवा पदवीबाट सम्मानित समेत गरेका छन्। अमेरिका निवासी पेम्बातेन्जी शेर्पा पछिल्लो समय मुलुकलाई पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उनाँलाई पदवीबाट सम्मानीत गरेकी हुन् । शेर्पा फाउन्डेसनका संस्थापक अध्यक्षासमेत रहेका शेर्पा २३ वर्षदेखि कोलोराडोमा बस्दै आएका छन्।
नेपालमा लामो समय पर्यटन क्षेत्रमा काम गर्नुभएका पेम्बाले अमेरिकामा समाजसेवासंगै नेपालको पर्यटन प्रर्वद्धनमा पनि समेत काम गर्दे आएको बताउनुभयो। उहाँले हरेक वर्ष नेपालमा ट्रेकिङ जाने अमेरिकी पर्यटकलाई नेपाल जाने बन्दोबस्त मिलाउदै आएको छ। नेपाल पर्यटनको दृष्टिले विश्वकै नमुना भएकोले म सधै यहाको अमेरिकनलाई नेपाल जान हौसाउछु र हरेक वर्ष नेपाल गुमाएर आउने गरेको छु' उहाँले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस !
