गुनासो सुन्‍न गृहमा टोल फ्रि नम्बर

 गुनासो सुन्‍न गृहमा टोल फ्रि नम्बर

काठमाडौ: गृहमन्त्रालयले जवाफदेही गृह प्रशासन, शान्ति सुरक्षा र सुशासन कायम गर्ने उदेश्यले सेवाग्राहीहरुको गुनासो, उजुरी, सुझाव सुन्नका लागि निशुल्क टोलिफोन सेवा(टोल फ्रि नम्बर) संचालनमा ल्याएको छ।

गृहमन्त्रालयमा सोमवार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले टोल फ्रि नम्बरको सेवा शुरु गर्नुभएकोह हो।गृह मन्त्रालयले सेवाग्राहीले गरेको उजुरी, गुनासो र सुझावको तत्काल छानविन हुने जनाएको छ।

गृहमन्त्री शर्माले सर्वसाधारणले गरेको उजुरीको तत्काल छानविन गरी उजुरीकर्तालाई नतिजा जानकारी दिने प्रणालीलाई प्रभावकारी बनाइने वताउनुभयो। मन्त्री शर्माले स्थानीय प्रशासनबाट सेवा नपाएको भए र शान्ति सुरक्षासग सम्बन्धीत जरुरी सुचना भएमा सेवाग्राहीले मन्त्रालयको टोल फ्रि नम्बरमा टिपाउन सक्ने र त्यस्ता उजुरीको तत्काल गुनासो सुनवाइ हुने बताउनुभयो।

गृहमन्त्रालयले १११२ टोल फ्रि नम्बरमा सेवाग्राहीले उजुरी गर्न सक्नेछन ।त्यस्तै सेवाग्राहीले केही गुनासो भए गृह मन्त्रालयको ट्वीटर एकाउन्ट @mohagunaso र [email protected] मा इमेल मार्फत समेत गुनासो दिन सकिने गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले गुनासो, उजुरी र सुझाव सुन्न छुट्टै गुनासो व्यवस्थापन कक्ष स्थापना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.