काठमाडौं : उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानसहित २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनी गत निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग पराजित भएका थिए । प्रतिष्ठीत गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गरेका छन् ।
दिवाकर नेपाली कांग्रेसबाट संविधानसभा सदस्य थिए । एमालेमा प्रवेश गर्ने उद्योगी व्यवसायीलाई प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र टीका लगाएर स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्ने व्यवसायीमा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष सिताराम अग्रवाल, उद्योगी ललित अग्रवाल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सरावगी, ओमप्रकाश बंशल, नरेन्द्र गुप्ता,जुगलकिशोर धनावत, ओमप्रकाश मौर,ओमप्रकाश लोहिया, सुरेन्द्र श्रेष्ठ, किशोर लोहिया, नविल खाँन, अनिलकुमार बंशल, जीवन दारुका, प्रेम पाण्डे लगायतका उद्योगी व्यवसायी एमालेमा प्रवेश गरेका हुन् ।हामी आधुनिकतातर्फ जाँदैछौँ : प्रधानमन्त्री ओली
पार्टी प्रवेश कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल,परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह लगायतका उद्योगी व्यवसायीको उपस्थीति रहेको थियो ।
प्रधानमन्त्रीका ओली विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडको अगुवाईमा उद्योगी व्यवासायी एमालेमा प्रवेश गरेको हुन् ।